२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएएले ‘एक परिवार, एक शिशु’ कार्यक्रम पुन: संचालन गर्ने



अ+ अ-

सिड्नी । नेप्लीज् अष्ट्रेलियन एशोसियसनले  ‘एक परिवार एक शिशु’ कार्यक्रम फेरी संचालन गर्न लागेको छ ।
अष्ट्रेलियन हिमालयन फाउन्डेशनसँग मिलेर संचालन गर्न लागिएको उक्त कार्यक्रमको लागि सहयोग संकलन गर्न एनएएले दाताहरुको सम्मानमा यही नोवेम्बर २९ का दिन शनिवार डिनर प्रोग्राम आयोजना गरेको छ ।
डिनर कार्यक्रम 47 Princes Hwy, Kogarah NSW 2217   स्थित एभरेष्ट तन्दुरीमा बेलुका ५ देखि ९ बजेसम्म हुनेछ । कार्यक्रमका सहभागीले प्रतिव्यक्ति ३० डलर योगदान गर्नुपर्नेछ । उक्त कार्यक्रममा सहभागी भई नेपालका गरिब बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग गर्न आयोजक संस्थाले सवैमा अपिल गरेको छ ।

सन् २०१२ मा सुरु भएको ‘एक परिवार एक शिशु’ कार्यक्रम अन्तरगत नेपालका गरीव परिवारका बालबालिकाहरुलाई शिक्षा दिलाउने गरिएको छ । एक परिवारबाट एक बच्चाको शिक्षाको लागि आफुहरुले यस्तो कार्यक्रम संचालन गरिरहेको नेप्लीज् अष्ट्रेलियन एशोसियसनका प्रेसिडेन्ट श्री नापितले अनलाईन चौतारीलाई जानकारी दिए ।

एनएएको उक्त सामाजिक अभियानमा Simon Balderstone को नेतृत्वमा रहेको अष्ट्रेलियन हिमालयन फाउन्डेशन, न्यूसाउथवेल्सको लागि पूर्व नेपाली कन्सुलेट Christine Gee, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, पर्वतारोही Lincoln Hall की श्रीमति Barbara Hall र अष्ट्रेलियामा रहेका नेपालीहरुले सहयोग गरिरहेको नापितले बताए ।




भर्खरै