३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

अदालतमा भन्दा मन्दिरमा विश्वास, मन्दिरमा मुद्दाको चाङ

अदालतमा भन्दा मन्दिरमा विश्वास, मन्दिरमा मुद्दाको चाङ
अ+ अ-

बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानविन हुन बाँकी रहेको खुलासा भएको छ । अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक वनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली, कर्णाली अञ्चल र भारतका केही ठाउँका जनताका लागि यो न्यायिक आस्थाको धरोहरका रुपमा चिनिने गरेको छ ।

कैलाशको मन्दिरमा दिनमा चारभन्दा बढी मान्छेका मुद्दामाथि बहस हुने गर्छ भने त्यतिले नै त्यस धाममा तारिख लगाउने र उजुरी गर्ने गर्दछन् । सरकारी अदालतमा भन्दा त्यस धाममा बढी उजुरी रिट गर्न गएको अवस्था हुन्छ ।

ती देउताले नेपालको राजनीतिक अवस्था र भविष्यमा हुने खतराका बारेमा समेत भविष्यवाणी गर्ने र ज्यानमारा, जग्गासम्वनधी मुद्दा, कुटपिट, न्यायिक, चोरी डकैती, हाडनाता, जबर्जस्ती करणी र सन्तानका भोकालाई सन्तानको बरसमेत दिने गरेको जनविश्वास यस क्षेत्रमा आएका श्रद्धालु बताउँछन् । विसं १९९० मा जग्गासम्वनधी मुद्दा परेका बझाङ जिल्ला चौधारी गाविसका भीमबहादुर थापा भन्छन्, “बुबाको पालामा मेरो जग्गा खाएको हुँदा सो फिराद गरेको हुँ ।

“बुबालाई गाउँका ठालुले अदालतमा मुद्दा दिएर घुस खुवाएर मुद्दा जितेपछि बुबा तलिगोठी कैलाशमा पुगेको बताउनुहुन्थ्यो, त्यसको तारिख लगाउन आएको छु । देउताले अपराधीलाई बोलाउँछु भनेर बसेको छु । अर्को रु १२ को पनि मुद्दा छ, त्यसको छिनोफानो गर्न आएको हँु”, थापा भन्छन् ।

त्यसैगरी, पाँच वर्ष अगाडि श्रीमतीको मुद्दा परेका कोल्टीका धनरुप जोशी भन्छन्, “हामीले अदालतमा जाने हो भने पहँुच पुग्दैन, केही कागजपत्र मिलाउन पनि जान्दैनाँै, खर्च बढी हुन्छ । बाठाले जित्छन्, हामीले निसाफ पाउँदैनौँ, त्यसैले यस ठाउँमा कागजपत्र केही गर्नु पर्दैन सजिलो छ ।”

गरिब र पीडामा परेका मान्छेको पक्षमा फैसला हुनेहँुदा हामीले यस ठाउँमा फिराद गरेका थियौँ, आज दोषीलाई समातेर ल्याएपछि फैसला भयो चित्त बुझ्यो– उनी भन्छन् । “पैसा हुनेले मात्र सरकारी अदालतमा काम गर्न सक्छन्, खर्चिलो छ । हामीजस्ताका लागि यो ठीक छ, सही निसाफ पाइन्छ । सबै गरिब जनता यस ठाउँमा आउने गरेका छन्”, उनी भन्छन् ।

यो धाममा यस्तो सत्यता भए पनि यस ठाउँका जनताको समस्या आफ्नै खालको छ । आउने सबै दर्शनार्थीको सेवासुविधा धामीले नै व्यहोर्नुपर्ने हुन्छ । खान बस्न सबै आफँैले व्यहोर्नुपर्ने अवस्था रहेको तलिगोठी कैलाशका धामी मोतीलाल रोकायाको गुनासो छ ।

सरकारले त्यस क्षेत्रका लागि केही गरेको अवस्था देखिँदैन । तथापि दुई वर्ष पहिले तलिगोठीमा मन्दिर वनेको छ । यस ठाउँमा आउने ताडिकेहरु र कैलाशको कारबाहीमा परेकाहरु बस्न धर्मशाला निर्माण गरेमा मात्र जनताले सेवा पाउने थिए । सबै जनतालाई दैनिक खाना खानका लागि अहिले समस्या छ । त्यो समाधानका विषयमा राज्यले सोच्न जरुरी छ ।