८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानबेराको क्रिसमस लाइटले राख्यो विश्व रेकर्ड



अ+ अ-
Christmass Light World Record Canbera, Australia
Christmass Light World Record Canbera, Australia

अस्ट्रेलियन राजधानी क्यानबेरामा प्रदर्शन गरिएको क्रिसमस लाइटले नया विश्व रेकर्ड बनाएको छ । १२ लाख LED बल्ब र १२० किलोमिटर लामो तार प्रयोग गरी रुखको आकारमा तयार गरिएको उक्त क्रिसमस लाइटले सबैभन्दा ठुलो LED image display को नयाँ रेकर्ड बनाएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स ले यो लाइट डिस्प्लेलाइ उक्त मान्यता दिएको हो । क्यन्बेराका वकिल डेभिड रिचार्ड र ठुलो संख्यामा रहेका स्वयंसेवकको महिनौको योजना र प्रयास पश्चात यो डिस्प्ले पेत्री प्लाजा मलमा प्रदर्शन गरिएको थियो । यस भन्दा अघि उज्बेकिस्तानमा प्रदर्शन गरिएको १ लाख ८१ हजार बल्ब सहितको लाइट डिस्प्लेको नाममा यो रेकर्ड दर्ज थियो । यो डिस्प्लेका लागि ठुलो संख्यामा आर्किटेक्टहरु, सिभिल इन्जिनियरहरु, निर्माण अभियन्ताहरु र साउण्ड इन्जिनियरहरु सहभागी थिए । उक्त डिस्प्लेले स्थानीय सामाजिक सेवाका लागि रकम संकलन समेत गरिरहेको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।