३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

छानिए ११ जना उत्कृष्ट कविहरु

छानिए ११ जना उत्कृष्ट कविहरु
अ+ अ-

सिड्नी । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानको छैटौं बार्षिकउत्सवको अवसरमा गरिएको साहित्यीक महोत्सवबाट ११ जना उत्कृष्ट कविहरु छानिएका छन् ।
अभियानको वार्षिकउत्सव मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर–लहरीहरु” शीर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सबको आयोजना भएको थियो ।
वुद्धको जन्मस्थल बिषयमा सिर्जित विश्वव्यापी भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी विश्व शान्तिमा योगदान गर्ने उद्धेस्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान सुरु गरिएको थियो । अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाइएको हो ।
डा मधु माधुर्यको मुल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर–लहरीहरु” शीर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गरेको हो ।
बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडासैनी रहेको तीन सदस्यीय निर्णायक मण्डलले कविहरुको मुल्याङ्कन गरेको थियो ।
मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक भण्डारी (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) परेका छन् । त्यसपछिका छ जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य ‘जलन’ (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी, नेपाल), जीवन श्रेष्ठ (गोर्खा, नेपाल), डा. साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा रहेका छन् ।
अभियानद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ जनालाई प्रमाणपत्र प्रदान गरिने अभियानका संयोजक रामकुमार श्रेष्ठले अनलाइन चौतारीलाई जानकारी दिए ।
महोत्सवमा बाचन गरिएका कविताहरुलाई प्रतियोगी र अप्रतियोगी गरी दुई किसिममा बाँडिएको थियो । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालित खस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिल ज्ञवालीले तयार गरी प्रसारण गरेको थिए भने अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियो, मेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियो बाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियो मैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।
यस कार्यक्रमको लागि आबश्यक आर्थिक ब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत)ले गरेका थिए ।
अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएर नेपाली एबं बिदेशी बिशिस्ठ ब्यक्तिहरुलाई सहभागी गराएको छ ।
अभियानले यसअघि रेडियो मार्फत लगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेको थियो । त्यसपछि लुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा यसरी साहित्यिक कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई अभियानको तर्फबाट अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले एक बिज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गरेका छन् ।