५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

एमाओवादी एक अर्ब ऋणमा

एमाओवादी एक अर्ब ऋणमा
अ+ अ-

काठमाडौं, २२ मंसिर । युद्दकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन्। शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी ।
दुईपटक भएको संविधानसभा चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोजनका लागि लिएको ऋण तिर्न नसक्दा धेरै नेता नतावमा छन् । कतिपय नेताले ऋण तिर्न नसकेर जिल्ला आउजाउ गर्नै घटाएका छन् ।
पाँचथरका पूर्व जिल्ला इन्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा ‘ऋण कहिले तिर्ने’ भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जाने चेतावनी सुनाएको बताए। पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना, माइक र मञ्च व्यवस्थापनसम्मको रकम एमाओवादीले अझै तिर्न सकेको छैन ।
केन्द्रले जिल्लामा लिइएको ऋण स्थानीयस्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छ । तर,जिल्लाले सकेको छैन । जिल्ला नेतृत्व चाँडोचाँडो फेरिने र पार्टी अन्तरसंघर्षको समस्याले ऋण व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् ।
एमाओवादीको अहिले मासिक आम्दानी केबल १० लाख मात्रै छ । यो आम्दानी पनि सभासद्हरुबाट हुने गरेको हो ।
दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही ४ मा भएको खर्चमध्ये झन्डै ४० लाख रुपैयाँ अझै तिर्न बाँकी छ । यो क्षेत्रबाट बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनाव लडेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।