• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

मेसीको ह्याट्रिकमा बार्सिलोना विजयी




एजेन्सी, २२ मंसिर । अर्जेन्टिनी तथा वार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको ह्याट्रिकसँगै वार्सिलोनाले स्पानियोललाई ५–१ ले हराएको छ ।
गएराती भएको खेलमा वार्सिलोनाले स्पानियोललाई हराएको हो ।
जितसँगै बार्सिलोना ३४ अंकसहित लिग अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।
पहिलो स्थानको रियल म्याड्रिडको ३६ अंक छ । १३ औं मिनेटमा गोल खाएर पछि परेको बार्सिलोनाका लागि मेसीले पहिलो हाफ सकिनै लाग्दा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने वार्सिलोनाले थप चार गोल गर्न सफल भयो । जसमा मेसीले थप दुई गोल गरी ह्याट्रिक पुरा गरे ।
मेसीले ५० औं र ८१ औं मिनेटमा गोल गर्दै ला लिगामा ह्याट्रिक संख्या २१ पुर्‍याए । बार्सिलोनाका लागि जेरार्ड पिकेले ५३ औं र सब्सिच्युटका रुपमा ७० औं मिनेटमा मैदान छिरेको ७ मिनेटपछि पेड्रोले एक गोल गरे ।
मेसीले जारी प्रतियोगितामा प्रतिस्पर्धी रियल म्याड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई पछ्याईरहेका छन् ।
आइतबार रातीको खेलमा इस्पानियोलविरुद्ध ह्याट्रिक गरेका मेसीको लालिगामा ह्याट्रिक संख्या २१ पुगेको छ । शनिबार रातीको खेलमा रोनाल्डोले २३ औं ह्याट्रिक गरेका थिए ।
भिल्ला रियल र सेभिल्ला बिजयी
स्पेनिस ला लिगाका आइतबार रातीकै अरु खेलमा भिल्ला रियल र सेभिल्ला बिजयी भएका छन् । भिल्ला रियलले रियल सोसिडाडलाई ४–० ले हरायो । सेभिल्लाले भने रायो भलकानोलाई १–० ले पराजित गर्‍यो । ग्रानडा र भ्यालेन्सियाबीचको खेल एक एकको बराबरीमा सकियो ।