१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भूमीमा प्रवेश गरेर भारतीय प्रहरीद्धारा नेपालीमाथी कुटपिट



अ+ अ-

महोत्तरी, २७ मंसिर । महोत्तरीको मटिहानीमा नेपाली भूमिमा प्रबेश गरेर भारतीय प्रहरीले नेपाली नागरिक माथि निर्घात् कुटपिट गरेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुको कुटपिटबाट ७ जना भन्दा धेरै नेपाली नागरिक घाईते भएका छन् ।
घाइते मध्ये एक जनाको अबस्था गंभिर रहेको महोत्तरी प्रहरीले जनाएको छ । घाइते हुनेमा मटिहानीका गणेश चौधरी, राकेश मण्डल, राकेश यादब, शिवा साह, राजुप्रसाद गुप्ता, उर्मिला देबी लगायत रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले जानकारी दिए । मटिहानी नजिकै रहेको भारतीय बजार मधवापुरमा ड्यूटिमा बसेका दुई जना भारतीय एसएसबीका महिला जवानलाई भारतीय युवाहरुले नै जिस्क्याएको निहुँमा उत्पन्न भएको विवादपछि भारतीय प्रहरीले नेपाली भूमिमा प्रबेश गरेर नेपाली नागरिकलाई कुटपिट गरेका हुन् ।
ड्यूटिमा बसेका एसएसबीका महिलाले खबर गरेपछि ठूलो संख्यामा घटना स्थलमा पुगेको एसएसबी फोर्सले भेटेजती सबैलाई लाठी र बन्दुकले कुटपिट गरेका थिए । कुटपिटबाट जोगिन मधवापुरका स्थानियबासी भागेर नेपाली भूमि मटिहानीतिर आएपछि एसएसबीका जवानले नेपाली भूमिमै प्रबेश गरेर भेटेजति सबैलाई कुटपिट गरेका हुन् ।
एसएसबीको कुटपिटपछि तनावग्रस्त बनेको नेपाल भारत सीमा क्षेत्रको बजार मटिहानी र मधवापुर शान्त बनेको छ । नेपाल भारत दुबै तर्फका सुरक्षाकर्मी बसेर छलफल गरेपछि विवाद साम्य भएको छलफलमा सहभागि जिल्ला प्रहरी प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक नरेश महतोले जानकारी दिए ।