१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपदभन्दा सडक दुर्घटनाले ज्यान गुमाउने धेरै



अ+ अ-

काठमाडौं, २७ मंसिर । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्ने बारेमा अध्ययन हुन सकेको छैन ।
सरकारको प्राकृतिक विपद् जोखिम व्यवस्थापनको काम प्राथमिकतामा पर्दा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको विज्ञहरुको भनाइ रहेको छ ।
गृहमन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा प्राकृतिक विपद्बाट रु दुई अर्ब ८५ करोड ८० लाख र सडक दुर्घटनाबाट रु चार अर्ब १५ करोड २८ लाखबराबरको क्षति भएको अनुमान छ ।
नेपाल जनस्वास्थ्य सङ्घको रजत वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भइरहेको जानकारी गराइयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मृत्युका कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा हृदयाघात रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले भन्नुभयो, “प्रति १० हजार जनसङ्ख्यामा १६ जना सडक दुर्घटनाका कारण मृत्युको मुखमा पर्न थालेका छन् ।”
उनका अनुसार प्रति १० हजारमा कतिजना प्राकृतिक विपद्मा परी मृत्यु हुन्छन् भन्नेबारेमा अध्ययन नै भएको छैन ।
महानगरीय ट्राफिक कार्यालयले बर्सेनि सडक दुर्घटनाबाट एक हजार ८०० जना मानिसको मृत्यु हुने गरेको जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले भने – ‘तीन वर्षमा सडक दुर्घटना दर घटिरहेको छ तर मानवीय तथा भौतिक क्षति भने वृद्धि भइरहेको छ । गत वर्ष साना र ठूला गरी आठ हजार ४०६ वटा सडक दुर्घटना भएका थिए ।’
सदस्य सचिव डा कार्कीले सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिभन्दा घाइतेको उपचार र पुनःस्थापनामा खर्च बढी हुने गरेको बताए ।
घरमा एकजना बिरामी हुँदा सिङ्गो परिवार नै बिरामी पर्ने हुँदा दुर्घटनाका बिरामी (ट्रमा)लाई छिटो उपचारको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको पछिल्लो स्वास्थ्य नीतिमा एक घन्टाका बीचमा ट्रमा उपचार केन्द्र बनाउने भनिएको छ । प्रहरी निरीक्षक पोखरेलले चालकको लापर्बाही, मादक पदार्थ सेवन र यात्रुको हेलचेक्र्याईं जस्ता कारण सडक दुर्घटना हुने गरेको बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष भोगेन्द्रराज डोटेलले सडक दुर्घटनाले जनस्वास्थ्यमा गम्भीर असर परिरहेकाले यसको न्यूनीकरणका लागि समन्वयात्मक काम हुनुपर्ने बताए ।