१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले जनजीवन कष्टकर



अ+ अ-

मुस्ताङ, २८ मंसिर । हिमपातका कारण यस जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले माइनस २ डिग्री सेल्सियसमा झरेको छ ।
सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन् । सरकारी कार्यालय सुनसान भएका छन् । चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको स्थानीय कुलबहादुर थकालीले जानकारी दिए । बाहिर निस्केकाहरु चोकमा आगो बालेर बसिरहेका छन् । चिसोले मुस्ताङमा कुनै पनि उडान हुन सकिरहेको छैन ।
“शनिबार रातिदेखि हिउँ पर्न त रोकिएको छ, तर चिसो झनै बढेको छ, थकालीले भने – “हामीलाई बाहिर निस्कन समस्या परिरहेको छ ।” पानीसँगै शनिबार दिउँसो २ बजेदेखि हिमाली जिल्ला मुस्ताङका सबै भूभागमा हिमपात भएको थियो । उपल्लो मुस्ताङको चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छुसाङ र छोण्हुपलगायतका गाविसमा भने अझै हिउँ पग्लन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, अन्य क्षेत्रमा हिउँ पग्लिन सुरु भए पनि उपल्लो क्षेत्रमा हिमपात जारी छ । सदरमुकाम जोमसोम, कागबेनी, मार्फालगायत तल्लो क्षेत्रमा हिउँ पग्लन सुरु भएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो । हिमपातका कारण जोमसोम–बेनी सडकमा सवारी साधन सञ्चालन आउन सकेका छैनन् ।