५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

‘जज्बा’मा वकिल बन्दै ऐश्वर्या, हुने छैन एक्शन सिन

‘जज्बा’मा वकिल बन्दै ऐश्वर्या, हुने छैन एक्शन सिन
अ+ अ-

केहि समय पहिलादेखि बलिउड अभिनेत्री ऐश्वर्या रायको कमब्याक चलचित्र जज्बामा जर्बदस्त एक्शन सिन हुनेछ भन्ने समाचारको निर्देशक संजय गुप्ताले खण्डन गरेका छन् । उक्त चलचित्रमा ऐश्वर्या एक वकिलको भूमिकामा देखिने पनि संजयले खुलाए ।

दमदार भूमिकामार्फत कमब्याक गर्ने सोचमा रहेकी ऐश्वर्यालाई जब्बा बाहेक अन्य दुई चलचित्र गर्न अफर आईरहेको छ । स्वयम् ऐश्वर्या भने यी तीन चलचित्र मध्य कुन चलचित्रबाट कमब्याक गर्दा राम्रो हुन्छ भन्ने कुराको टुङ्गो लगाउन नसक्दा तीनै चलचित्र फ्लोरमा जान सकिरहेका छैनन् ।

उनलाई कमब्याक गर्न अफर आएका अन्य दुई चलचित्र हुन् सुजाय घोषको दुर्गा रानी सिंह र पैकाश झाको गंगाजल -२ । जब्बा र गंगाजल- २ मा ऐश्वर्यालाई प्रहरी अधिकृतको भूमिकामा देखाउन खोजिएको छ । ऐश्वर्याले आफ्नो यसअघिका कुनैपनि चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छैनन् । अर्को चलचित्र दुर्गा रानी सिंह पनि नारीप्रधान चलचित्र भएकोले उनको भूमिका दमदार नै रहने बताइएको छ ।

यी तीन चलचित्र मध्य कुन चलचित्रले ऐश्वर्यालाई कमब्याक गराउन सफल हुन्छन् छिट्टै पत्ता लाग्नेछ । किनकी ऐश्वर्य अब छिट्टै कुन चलचित्रमार्फत डेब्यस् गर्ने भन्ने टेङ्गो लगाएर छिट्टै फ्लोरमा जान इच्छुक रहेको बताएकी छिन् । चलचित्र गंगाजलको लागि नायीका काजोल अग्रवाललाई पनि अफर गरिएको कुरा बाहिरिएकोले यसलाई ऐश्वर्यले त्यति महत्व नदिन सक्ने चर्चा बलिउडमा चलेको छ ।