३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

‘पवित्र क्रान्ति परिशीलन’: अन्यहीन रहस्य पढेपछि

‘पवित्र क्रान्ति परिशीलन’: अन्यहीन रहस्य पढेपछि
अ+ अ-

भारतको बाइसौं राज्य सिक्किमका मुख्यमन्त्री श्री पवन चामलिङले पवित्र क्रान्तीको दार्शनिक पक्षको बारेमा विमर्श सुरु गरेका छन् । नेपाली आधुनिक वरिष्ठ कवि तथा समीक्षक श्री महेश प्रसाईंले यसै बारेमा एक पुस्तक लेख्नुभएको छ ‘पवित्र क्रान्ति परिशीलन’ । यो पुस्तकको बारेमा रामेछापको मन्थलीस्थित शहिद स्मृति क्याम्पस मन्थलीका प्राध्यापक पेशल आचार्यले पवित्र क्रान्ति परिशिलन : अन्यहीन रहस्य नामक समिक्षा लेख लेख्नुभएको थियो । जुन निकट भविष्यमा प्रकाशित हुन लागेको एक पुस्तकको एक भागको रुपमा प्रकाशित हुदैछ । सो लेख उहाँकै स्कुले विद्यार्थी दिपेश घिमिरेले पढ्नु भयो । समाजशास्त्रमा एमफिल गरेका घिमिरेले पवित्र क्रान्तिको दार्शनिक पक्षलाई समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्नुभएको छ । उहाँले पनि यसबारेमा एक लेख “पवित्र क्रान्ति : परिशीलनबारे, क्रान्ति र यसको पवित्र स्वरूप एक बहस” लेख्नुभएको छ । यो लेख पनि सोहि पुस्तकमा समेटिदैछ । आफ्ना शिक्षक आचार्यको लेख पढेर विद्यार्थी घिमिरेले लेख्नुभएको प्रतिक्रिया सान्र्दभिक लागेर यहाँ प्रकाशित गरिएको छ । सम्पादक)  पेशल सर नमस्कार ! यहाँले लेख्नुभएको पवित्र क्रान्ति परिपरिशीलन : अन्यहीन रहस्य पढे । कुनैपनि अध्ययनको अन्तिम लक्ष्य भनेको जीवन र जगतलाई बुझ्ने नयाँ दृष्टिकोण प्रदान गर्नु हो । दुनियालाई हेर्ने नयाँ आयामलाई प्रष्ट्याउनु हो । हरेक अध्ययनमा मैले यहि कुराको खोज गर्ने गर्दछु । बुद्धिज्मका पुस्तक पढ्दा हामी त्यहि पाउँछौ । गान्धीबाद पढ्दा त्यहि पाउँछौ । इतिहासका हरेक कालखण्डका पुस्तकका अध्ययनले पनि हामीलाई त्यहि नयाँ आयाम दिन्छ । र म भन्छु छोटो मानवीय जीवनमा अध्ययनले लामो कालखण्डलाई बुझ्ने स्वर्णिम अनुभव दिन्छ हामीलाई । यहाँले लेख्नुभएको लेखले पवित्र क्रान्तीको दार्शनिक आधारलाई बुझ्ने एक नयाँ आयाम दिएको छ मलाई । म दाबाका साथ भन्न सक्छु ईतिहासबाट क्रान्तीलाई झिकिदिने हो भने शुन्य हुन्छ । शुन्यतामा केहिको अस्थित्व रहदैन । प्रकृतिसँग क्रान्ती गरेर संघर्ष गरेर नै माईक्रो अर्गानिज्मको उत्पती भयो र त्यसले निरन्तर रुपमा गर्दै आएको क्रान्तीको परिणाम आजको तपाई र म हौ । यो यथार्थतालाई कहिले वेदव्यासले लेखे कहिले कार्ल माक्र्सले लेखे । जसले लेखे त्यसलाई हामी सम्झिरहेका छौ । जसले थाहा पाएर पनि लेखेनन् तिनीहरुलाई ईतिहासले भुलिदियो हामीले पनि खोजी गरेनौ । यहाँको लेखले यो यथार्थतलाई नजिकबाट विश्लेषण गरेको छ । दिपेश घिमिरे मैले यो यथार्थताको नविन दृष्टिकोण सहितको लेख पढ्न पाए । आजको समय उपलब्धीमुलक रह्यो । संसारको ईतिहास जति पढ्यो उतिनै दुईलाईन संघर्ष देखिन्छ । संसारमा कहिल्यै पनि एउटै दृष्टिकोणको मात्र अस्थित्व छैन । दुईलाईन संघर्षको बारेमा बढी व्याख्या गर्ने तर कम कार्यान्वयन गर्ने माक्र्सवादीहरुले यो यथार्थतालाई बुझेनन् कि भन्ने लाग्छ मलाई । यदि बुझ्थे भने उत्तर कोरियामा किन विपरित दृष्टिकोण राख्नेहरु फाँसीको सुलीमा चढ्नु पर्छ ? किन ? धेरैले पढेर बुझे जस्तो गरेपनि दुईलाईन संघर्षलाई खासमा आत्मसाथ गर्न सकेका छैनन् । यहाँले लेख्नुभएको लेखमा यो यथार्थतालाई खासमा बोध गर्नुभएको छ । यहाँले लेख्नुभएको छ “सत्य असत्यको परिपाकका लागि अध्यात्मवाद र भौतिकवादका पक्ष विपक्षमा समुद्र मन्थन गरियो । देवदानवको मिसिलमा हजारौंहजार वर्ष देवासूर संग्राम भयो …….. ।” कुनैपनि नयाँ दृष्टिकोण, दर्शन, विचार, तथा सोचाई भौतिक अवस्थितीले निर्माण गर्दछ । युरोपको पुजीवादको नांगो कार्यान्वयनले माक्र्सवादलाई जन्माएको हो । त्यहाँ कार्ल माक्र्सले यो यथार्थतालाई नपक्डेका भए अर्कोले पक्डन्थ्यो । औद्योगिक क्रान्तीपछिको युरोपको सामाजिक जटिलतालाई बुझ्न असहज भएको सन्दर्भमा समाजशास्त्र जन्मियो । सन् १८३८ मा अगष्ट कोम्टले समाजशास्त्रको विकास गरे । त्यहाँ कोम्टले यो गर्न सक्दैनथे भने अर्कोले गथ्र्यो किनकी सामाजिक जटिलताको कारण नबुझ्ने र सबै भगवानकै सिर्जना हो भन्ने दृष्टिकोणले लामो समयसम्म बौद्धिक नेतृत्व गर्न सक्दैनथ्यो । म यहि यथार्थतालाई विश्वास गर्ने र आफ्नो अध्ययनको संस्कार मान्ने विषयको विद्यार्थी हुँ । यहाँको लेखको अध्ययन पछि मेरो यो बुझाईलाई झन् फराकिलो बनाउन मद्यत भयो । यहाँले लेख्नुभएको छ “अतुल ज्ञान र अज्ञेय दर्शनका लागि पवित्र भारत वर्ष कहिल्यै बाँझो रहेन ।” मलाई लाग्छ पूर्विय सभ्यताको अध्ययन गर्ने हो भने यहाँको गतिशिलता पश्चिमाको भन्दा बढी छ र पुरानो छ भन्नेमा शायद हामी सबै सहमत छौ । हामी मात्र होईन एकजना पश्चिमा विद्धान छन् समाजशास्त्रका एजी फ्र्यांक । उनले एउटा पुस्तक लेखेका छन् “रिओरियन्ट” । यो पुस्तकमा उनी तर्क गर्छन् संसारको सभ्यताको ईतिहास हेर्ने हो भने पूर्व खासगरी अहिलेको भारत र चीनबाट सुरुभएको हो । तथ्य, तथ्यांक र ईतिहासको प्रमाणको आधारमा उनले यो पुस्तक लेखेका छन् । म कन्भिन्स छु उनीसँग । यहाँले छोटो वाक्यमा यो यथार्थतलाई पक्डिनु भएको छ । लेख पढिरहदाँ कहि रोकिनु पर्दैन भने लेखाईको शक्ति त्यहि हो । तथापी एउटा कुरा, संसार परिवर्तनशिल छ । गतिमा छ । यसको प्रवाह बुझिनसक्नु छ । अनि प्रकृति अत्यन्तै अमूर्त छ । जति खोतल्दा पनि बुझ्न नसकिने अचम्मको छ । प्रकृतिलाई बुझ्न नसकेर विज्ञान पानी पानी भएको छ । नत्र मंगलग्रहमा पुग्न सक्ने विज्ञान यहि २० २५ किलोमिटर तल भईरहेको उथल पुथललाई बुझ्न किन सक्दैन र भुकम्पको विपत्ती भोग्नुपर्छ मानवले ? मैले यहाँ उठाउन खोजेको कुरा यदि प्रकृति अमूर्त छ र संसार परिवर्तनशिल छ भन्नेमा हामी सहमत हुन्छौ भने केहि यथार्थलाई हामीले कि त आत्मसाथ गर्नुपर्छ कि त ज्ञानको माध्यमबाट त्यसलाई बुझ्ने प्रयास गर्नुपर्छ । हिजोको गाउँघरका तथ्यहरु मान्द्रो, गुन्द्री, जस्ता सवाललाई नयाँ पुस्ता जो शहरमा बस्छन् तिनीहरुले भुल्नु गतिको एउटा परिणामको रुपमा हामीले स्विकार्नुपर्दछ होला । यि नयाँ पुस्ताका प्रतिनिधीले बुझ्नुपर्ने र सिक्नुपर्ने कुराहरु अरु धेरै छन् । किनकी हरेक संस्करणका अक्सफोर्ड डिक्सनेरीबाट सयौ शब्द हट्छन् र अरु सयौ शब्द थपिन्छन् । भर्खरै थपिएको सेल्फी र विफी यसकै उदाहरण होईनन् र ? यहाँले उल्लेख गर्नुभए जस्तै सबै कुरालाई संरक्षण गर्न सक्दा त्यो सुनमा सुगन्ध हुन्थ्यो यसमा मेरो विमती चाहि छैन । यसैगरी अमूर्त पृथ्वीको सबै कुरा पत्ता लगाउन निकै गाह्रो छ तर असम्भव होईन होला । किनकी ज्ञानको बाटोबाट गयौ भने यो सम्भव छ । किनकी ज्ञान भनेको अरुको लागि होईन आफ्नो लागी हो । हामी जति पढ्छौ अरुको लागि होईन आफ्नै लागि हो । आफुले बुझ्यौ भने त्यो संसार हो । बाबुको व्यापार छोरालाई हस्तान्तरण गर्न सकिन्छ तर अध्ययन तथा ज्ञान सकिन्न । त्यसको कारण यहि हो जस्तो लाग्छ मलाई । अन्त्यमा, हरेक व्यक्तिले आफुमा भएको ज्ञानलाई अरुमा हस्तान्तरण गर्ने जतिको पवित्रता अरु केहि छैन । त्यसमा जति शक्ति अन्य केहिमा छैन । पश्चिमाहरुले यो तथ्यलाई बुझे र अहिले हेगेमनी चलाईरहेका छन् । पूर्विय गुरुहरुले यो बुझेनन् र आफुमा भएको अथाहा ज्ञान आफ्नो मृत्युसँग अन्त्य गरेर आफैसँग लगे । हामी ज्ञानविहिन भयौ । त्यसैले मलाई शिक्षण पेशा मन पर्दछ । आर्थिक रुपमा आकर्षक नभएपनि यहि एउटा कुराले मलाई शिक्षणमा लाग्न प्रेरित गरिरहेको छ । थाहा छैन म यसमा सफल हुन्छु या हुन्न । तथापी यहाँले यो पवित्र र जीवनोपयोगी बाटो कुशलतापूर्वक यात्रा गरिरहनुभएको छ । म यसैपनि यहाँप्रति ऋणि छु, मेरो स्कुले जीवनलाई यहाँले पुर्याउनुभएको योगदान प्रति । थप अहिले अर्को कारण ऋणी छु यहाँले म जस्ता अरु हजारौको जीवनको गोरेटोलाई उज्यालो छरिरहनुभएको छ । यो चानचुने कुरा होईन । आफु बलेर अरुलाई उज्यालो दिने मैनबत्ती कदापी चानचुने हुदै होईन । यो महान हो । यहि महानतालाई पवित्र भन्छन् । यस्तै कुरालाई बढाउँदै लैजाने कामलाई क्रान्ती भन्छन् । किन पवित्र क्रान्तीलाई अन्त्यन्त अमूर्त रुपमा बुझ्ने बुझाउने गर्नु होईन र ?

उही तपाईको विद्यार्थी

दिपेश घिमिरे

dipesh.ghimire33@gmail.com

बालकोट भक्तपुर