३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

महाशय ! हजुरको छोराछोरीको मूल्य कति हो ?

महाशय ! हजुरको छोराछोरीको मूल्य कति हो ?
अ+ अ-

 

 

यो बर्षको धान दिबस तत्कालिन कृषि बिकास मन्त्री हरिप्रसाद पराजुलीको छायामा प¥यो । अनि सार्बजनिक पद धारणा गरेका ब्यक्तिहरुको पदीय मर्यादा पनि सिकाईदियो । धान दिबसको दिन अनुहारमा लागेको हिलो महिलाहरुको कपडामा टाउको धसी धसी पुछ्दा, हिलो त पुछियो तर नियत पुछिएन । मैले आर्शिबाद लिएको, कुनै दुब्र्यबहार नगरेको मन्त्रीको प्रष्टिकरण तथा तस्बीर र भिडियोमा देखिएका महिलाहरुले मन्त्रीको नियत गलत नभएको भने पनि त्यसले मन्त्रीको पद जोगाउन सकेन । तर पद खोसिए पनि यौन दुब्र्यबहार कसुरमा कारबाही हुने सम्भाबना कम देखिएको छ । मन्त्रीको राजिनामा पछि सबै चुपचाप छन । न ट्वीटे बोलेको छन न त फेसबुकेले नै हल्लाखल्ला मच्याएका छन । घरभित्र भएका घटनाहरु खोतली खोतली ल्याएर सडकमा छरपष्ट गर्ने अधिकारकर्मीहरुको आँखाले सडकभन्दा अलि पर खेतमा भएको घटना किन देखेनन ताजुक लागिरहेछ ।

पूर्बमन्त्रीले पनि ल्याण्डक्रुजर गाडि दाइजो नल्याएको निहुँमा यातना दिएका हुन, पत्नी संगीताका अनुसार । तराईमा केटाको अध्ययन अनुसार दाईजो तय हुन्छ । साईकलदेखि, गाडिसम्म, खडेरीदेखि छाप्रो र महलसम्म । हजारदेखि करोडसम्मका दाइजो लेनदेन भएकै हुन्छन । विश्वका अरु देशमा के हुन्छ कुन्नि नेपाल र भारतमा दाइजोकै कारण महिलाहरुले चरम यातना पाएका समाचारहरु नौलो होइनन । सामान्य मानिसदेखि राज्यको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउनेसम्मले त्यसो गरिरहेकै छन ।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एबं पूर्बकानुन मन्त्री बृजेशकुमार गुप्ताले श्रीमतीलाई चरम यातना दिएको, नोकरसंग सुत्न बाध्य पारेकोलगायतका समाचार आईरहेका छन । उनकी पत्नी संगीताले यी आरोपहरु कुनै साथीलाई वा आफन्तलाई नभई सार्बजनिक रुपमा पत्रकार सम्मेलन गरेर भनेकी हुन । यी पंक्तिहरु लेखिरहँदा पूर्बमन्त्री गुप्ताबाट यसको कुनै खण्डन आएको छैन, यसले संगीताको आरोप निराधार हुन भन्न सकिने आधार पनि भएनन ।
तराई मधेसमा दाइजोका बाहनामा महिलाहरुले चरम यातना पाउने गरेका समाचारहरु बाहिर आईरहेकै छन । पूर्बमन्त्रीले पनि ल्याण्डक्रुजर गाडि दाइजो नल्याएको निहुँमा यातना दिएका हुन, पत्नी संगीताका अनुसार । तराईमा केटाको अध्ययन अनुसार दाईजो तय हुन्छ । साईकलदेखि, गाडिसम्म, खडेरीदेखि छाप्रो र महलसम्म । हजारदेखि करोडसम्मका दाइजो लेनदेन भएकै हुन्छन । विश्वका अरु देशमा के हुन्छ कुन्नि नेपाल र भारतमा दाइजोकै कारण महिलाहरुले चरम यातना पाएका समाचारहरु नौलो होइनन । सामान्य मानिसदेखि राज्यको नीति नियम बनाउने र त्यसको कार्यान्वयन गराउनेसम्मले त्यसो गरिरहेकै छन । देश भूकम्पले थिलथिलो भईरहेको समाचार आईरहँदा अघिल्लो महिना मधेसी जनअधिकार फोरम नेपाल (अहिले संघीय समाजबादी फोरम नेपाल) का अध्यक्ष उपेन्द्र यादबले भड्किलो तरिकाले छोराको बिबाह गराएको समाचारहरु आए । अतिशबाजीका साथ होटलमा तामझामका साथ गरिएको बिबाहमा दाइजो तिलकको प्रबेश भएन भनेर कसरी पत्याउने ? उपप्रधानमन्त्री भइसकेका र अहिले सभासद रहेका यादब मात्रै हैन अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कार्यालयबाटै छोरीको बिबाह गराएको घटना सेलाई सकेकै छैन । यस्ता घटनाहरु प्रशस्तै छन ।
ससुराली हिंडेका एक ज्वाँईले ससुराली घर नजिकै पुगेपछि मात्रै आफू खाली हात आएको सम्झिए । ससुरालीको घरमुनी फलेको मकैंको एउटा घोगो भाँचे अनि सानले ससुराको हातमा टक्र्याए । ज्वाँईले टक्र्याएको कोशेसी ससुराले बडो जतनका साथ दलिनमा सिउरिए ।

जन्मेदेखि बिबाह गर्न योग्य हुँदासम्म उसमाथि भएको लगानीलाई पैसामा रुपान्तरण गर्ने हो भने कत्ति होला ? के मानिसको पैसासंग तुलना गर्न सकिएला ? ससुरालीको मकैको घोगो भाँचेर कोशेली बनाउने अनि पछि बारी नै मेरो भन्ने प्रबृतिका ज्वाँईहरुलाई प्रश्न गर्न मन लागिरहेछ ? मकै ज्वाईहरुसंग यसको उत्तर होला ? आफ्नो योग्यतालाई पैसासंग तुलना गर्नेहरुले श्रीमतीको योग्यता, क्षमताको कदर गर्नु पर्दैन ?

अर्को साल खडेरीले बालीनाली केहि भएन । बीउ जोगाउनभन्दा जीउ जोगाउनु नै पहिलो प्राथमिकतामा प¥यो ससुराको । घरमा भएका सबै अन्न सकियो । बाली लगाउने बेला भयो । पूरै गाउँ भोकमरीमै थियो, बीउ कस्ले दिने ? खोज्दै जाँदा ज्वाँईले दिएको कोशेली एक घोगो मकै दलिनमै सुरक्षित रहे । ज्वाँईको केहि खान हुन्न भन्न मान्यतामा रहेका ससुरा ठूलो संकटमा परे । तै पनि ज्वाँईले ल्याएको कोशेली बारीमा रोपे । मकै राम्रै फल्यो । ज्वाँईले ल्याएको कोशेलीले काम दिएकामा ससुरा दङ्ग परे । एक घोगोको साटो एक मुरी नै ज्वाँईलाई टक्र्याउने योजना बुने । तर ज्वाँईले अस्वीकार गरे ।
केहि बर्ष बित्यो ।
ज्वाँई फेरी ससुराली पुगे ।
घोगोको साटो मुरी लिन अस्वीकार गरेका ज्वाँईले मकै बारीनै आफ्नो दाबी गरे । ज्वाँईको खान नहुने मान्यताले जगडिएका ससुरा न हुन्, –सुम्पिए बारी नै ज्वाँईलाई ।
पैसा देखेपछि महादेबको त तीन नेत्र भनिन्छ, कलियुगमा ज्वाँईका रुपमा उदाएका महादेबहरुको महिमागान गाएर के सम्भब होला र ?
एउटा मानिस हुर्काउन, बढाउन, पढाउन, संस्कार सिकाउन कत्ति गा¥हो छ ? जन्मेदेखि बिबाह गर्न योग्य हुँदासम्म उसमाथि भएको लगानीलाई पैसामा रुपान्तरण गर्ने हो भने कत्ति होला ? के मानिसको पैसासंग तुलना गर्न सकिएला ? ससुरालीको मकैको घोगो भाँचेर कोशेली बनाउने अनि पछि बारी नै मेरो भन्ने प्रबृतिका ज्वाँईहरुलाई प्रश्न गर्न मन लागिरहेछ ? मकै ज्वाईहरुसंग यसको प्रश्न होला ? आफ्नो योग्यतालाई पैसासंग तुलना गर्नेहरुले श्रीमतीको योग्यता, क्षमताको कदर गर्नु पर्दैन ?
तराईमा भैंसीदेखि ल्याण्डक्रुजरसम्म दाईजो मागेको समाचारहरु आएका छन, केटाको योग्यता अनुसार । तर केटीको योग्यताको सम्मानको कुरा कहिं कतै आउँदैनन । सबै खर्च ससुरालीले ब्यहोर्नु पर्छ भन्ने मान्यता राख्ने र यही कारणले याताना दिनेहरुलाई यो पृथ्वीमा बाँच्ने हक छैन ।
आमाबाबुको कमजोरी सन्तान हुन भने सन्तानले पनि आमाबाबुको अपमान सहन सक्दैन । तर कतिपय ज्वाइ यस्ता हुन्छन, जो ससुरालीको अपमान नगरी बस्न सक्दैनन । एक महिला दुखेसो गर्दैथिइन बिबाह पछि हुँदो खाँदोको जागीर पनि छुट्यो, पढाईलाई पनि निरन्तरता दिन सकिएन, केहि समयमा छोराछोरी जन्मिए, उनीहरुको स्याहार सुसार गर्दैमा दिन बित्छ । अहिले श्रीमान कमाइ खोइ भनेर दिनरात टोकसो गरेर हैरान पार्छन । छोराछोरी हुर्काउनु काम हैन ? छोराछोरीको स्याहार सुसारमा २४ घण्टा बित्छ, निदाउँदा समेत दिसापिसाब ग¥यो कि भनेर चनाखो हुनुपर्छ । कुन चाहिं पुरुष २४ घण्टा लगातार खटिएका छन, छोराछोरीको स्याहार सुसारमा ? छोराछोरीको स्याहर सुसार गरेर श्रीमान बस्ने हो भने जुनसुकै महिलाले पनि कमाई गरी परिवार पाल्न सक्छन । म यो दाबी गर्न सक्छु । श्रीमानको मात्रै पनि दोष नहुँदो रहेछ, बाहिर कस्को कस्को कुरा सुनेर आउने अनि नानाभाँती भन्ने, हातपात गर्ने दिनचर्या नै हुन थाल्यो पछि कुन चाहिं महिलाले सहेर बस्छन ।
तरकारी किन्ने कुरा हुन थाल्दा माइतीको बारीमा फलाएकी छेस, टिभी हेर्न मन लाग्दा माइतीले दिएको हो, कतै घुम्न मन लाग्दा तेरो बाउआमाले पैसा दिएका छन र भन्ने ? जहाँ जेमा पनि जसरी पनि श्रीमानले आमाबुबा दाइ भाउजु जोडेर बारबार अबमूल्यन गर्छन । महिलाले पनि सासु, ससुरा, नन्द आमाजूको अबमूल्यन गरिरहे हालत के होला । सोच्नु पर्दैन ।’

सन्तान नभएको भनेर बिबाहित जोडीहरु सन्तान प्राप्तीका लागि करोडौं खर्चन किन तयार हुन्छ । यदि कसैले श्रीमतीलाई पैसासंग मात्रै तुलना गर्छ भने त्यो भन्दा बढि पैसा त छोराछोरीको पर्न सक्छ, भन द्रब्य पिचास तिम्रो सन्तानको मूल्य कति हो । बजारमा लगेर बोल बडाबढमा राख, बिज्ञापनको जमाना छ क्रेताहरु जति पनि आउन सक्छन । हैन भने सम्भाबनाका सबै ढोका बन्द गरेर श्रीमतीको कमाई मात्रै खोजेर यातना नदेऊ । नारी सहनशीलको प्रतिबिम्ब त हुन तर त्यो सहनशीलताको बाँध फुट्यो भने तिमीलाई पनि बगाउने छ ।

बिबाह गरेपछि खाने मुख बढ्छ, यसले स्वभाबिक रुपमा खर्च बढ्छ । झन छोराछोरी भएपछि समस्याहरु थपिदै जान्छन । छोराछोरीहरु सानै भए पछि श्रीमान श्रीमती नै बाहिर कमाउन जाने भन्ने हुँदैन । त्यहाँमाथि श्रीमतीलाई घरबाहिर पठाउनु हुन्न भन्ने संकीर्ण सोच पाल्ने अनि कमाई पनि खोज्ने, कस्तो बिरोधाभास छ ? केहि नहुनेहरुले सन्तानलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छन । बाबु छोराको बास्तबिक सम्बन्ध, बाबुछोरीको प्राकृतिम सम्बन्ध कति पैसा खर्च गरेर प्राप्त हुन्छ ? यदि प्राप्त हुँदो हो त, किन यी सबै सम्बन्धहरुलाई बैद्य, जायज, प्राकृतिक बनाउन मानिसहरु लाग्दथे । सन्तान नभएको भनेर बिबाहित जोडीहरु सन्तान प्राप्तीका लागि करोडौं खर्चन किन तयार हुन्छ । यदि कसैले श्रीमतीलाई पैसासंग मात्रै तुलना गर्छ भने त्यो भन्दा बढि पैसा त छोराछोरीको पर्न सक्छ, भन द्रब्य पिचास तिम्रो सन्तानको मूल्य कति हो । बजारमा लगेर बोल बडाबढमा राख, बिज्ञापनको जमाना छ क्रेताहरु जति पनि आउन सक्छन । हैन भने सम्भाबनाका सबै ढोका बन्द गरेर श्रीमतीको कमाई मात्रै खोजेर यातना नदेऊ । नारी सहनशीलको प्रतिबिम्ब त हुन तर त्यो सहनशीलताको बाँध फुट्यो भने तिमीलाई पनि बगाउने छ ।
हिंसा सहने तर पतिको कृत्रित, खोक्रो आर्दश र प्रतिष्ठाका लागि धेरै समय सहें भन्ने महिलाहरुको संख्या बढि पाईएको छ । गाउँमा मात्रै हैन सहरमा पनि महिलामाथिको हिंसा बढेकै छ । अझै पनि हिंसा घरभित्रै हुने र लुकाउने बिषय हुन भन्ने परिरहेको छ । हिंसा सार्बजनिक हुँदा आफूमाथि पनि प्रश्नहरु उठ्ने शंकाले महिलाको मनको घरमा डर गरेको छ । लोग्ने पिटाई खाएर सडकमा बजारिँदा समेत भ¥याङबाट लडेको भनेर ढाकछोप गर्न महिलाहरु किन बाध्य भए, त्यसको पनि खोजी गर्न ढिलो भइसकेको छ । हिजोसम्म श्रीमानको प्रतिष्ठाका लागि हिंसा लुकाउने महिलाहरु आज छोराछोरीको भबिष्यका लागि भनेर लुकाइरहेका छन ।
bd.palung@gmail.com

Source : www.khabarbani.com