५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन लिइएन सहयोग



अ+ अ-

दिब्या सिंह राठोर नेपालमा गत बैशाख १२ गते र २९ गते गएको भूकम्पमा परि नेपालको डेढ दर्जन जिल्ला पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस विपत्तिमा जुन रुपमा सरकारले गर्नु पर्ने हो त्यो रुपमा काम गरेको छैन । जनताको राहत तथा उद्धारमा सरकारको काम प्रभावकारी हुन सकेको छैन् । यति मात्र होइन मित्रराष्ट्रहरुले गरेको सहयोगको पनि सदुपयोग तथा ग्रहण गर्न सकेको छैन् । यसको ज्वलन्त उदाहरण हो बेलायत सरकारले दिएको सहयोग स्वरुपका चार वटा सैनिक विमानबाट आएको सहयोगको भारतको दिल्लीबाट नै फर्काइएको छ । यस्त्रो सहयोगलाई किन नेपाल सरकारले फर्कायो प्रश्न चिन्ह्र खडा भएको छ । देशलाई यस्त्रो विपत्तिको यो समयमा पनि सरकारले अन्तराष्ट्रिय सहयोगलाई सदुपयोग गर्दै जनतामा राहत तथा उद्धारमा लाग्नुको बदला सरकारले गैरजिम्मेवार प्रस्तुत गरेको छ । जुन रुपमा चारवटा विमानमा आएको खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्यका सामानहरु रहेको थियो । सरकारले अन्य देशबाट सहयोगको पनि पूर्णरुपमा सदुपयोग गर्न सकेको छैन् । नेपाल सरकारको दायित्व नै र्विसिएको अनुभूति हुन थालेको छ , किन कि जनताको राहत तथा उद्धारमा लाग्नु पर्ने सरकार त्यो काम गर्नबाट चुकेको छ । यो सरकार राजनितिक रुपमा समेत कमजोर बन्दै गएको छ । यति खेर देशलाई सहयोग चाहिएको छ । किन की डेढ दर्जन भन्दा बढि जिल्ला ९० प्रतिशत घरहरु पनि पूर्णरुपमा क्षति ग्रस्त भएको छ भने जनता अहिले खुल्ला आकाशमा बस्न विवश भएका छन् । अहिले नेपाल सरकारको तथा तत्थाङ्क अनुसार चार लाख भन्दा बढि घर फेरी निर्माण गर्नु पर्ने हुन्छ यसको लागी सरकारलाई अन्तराष्ट्रिय सहयोग चाहिन्छ तर जुन रुपमा बेलायत सरकारले पठाएको सहयोगलाई अस्विकार गरेको छ पछिको लागी सहयोगको बाटो समेत बन्द हुन सक्छ यसमा सरकारलले सोच्नु पर्नेमा यसमा तर सोचेको देखिदैन । नेपालको सरकार जनता प्रति उत्तदायित्व हुनु पर्नेमा गैरजिम्मेवार भएको देखिन्छ नत सरकारले आएका राहत को सहि सदुपयोग गर्न सकेको छ नत विदेशी सहयोग नै लिन सकेको छ । यो बेला सरकार जुन रुपमा काम गर्नु पर्ने हो त्यो काम गरेको देखिदैन । अहिले त सरकार परिर्वतनको कुरा गरेर जनतालाई उल्लु बनाउन थालेका छन् । जनतालाई राहत चाहिएका छ तर सरकार यो माग समेत पुरा गर्न सकेको छैन । नेपालको बजेट समेत अन्तराष्टिरा हुन सक्दैन । यस्तो बेला सरकारले अन्तराष्ट्रिय समुदायलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा त्यो नगरी कुनै देशका सहयोग लिने र कुनै देशका सहयोग नलिनुले संखा उत्पन्न भएको छ । (लेखक हाल बेलायतमा बस्नु हुन्छ) –

 

source : www.emuldharnews.com