१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड



अ+ अ-

लुम्बिनी। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसहिंता उलङ्घनका घटना बढदै गएका भन्दै पत्रकारलाई आचारसिंहता पूण रूपले पालना गर्न जोड दिइएको छ ।

पत्रकारले आफ्नो पेसा मर्यादित र व्यवस्थित बनाउनका लागि पनि आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पे्रस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले महासङ्घको सहभागितामा बनेको पत्रकार आचारसहिंता पत्रकारले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकाािरता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्ने बताउँदै उहाँले यो पेसाको मर्यादालाई उचो राख्नुपर्ने उल्लेख गर्नुभयो ।

काउन्सिलका सदस्य शान्ताराम विडारीले पत्रकारिता क्षेत्रमा चुनौती बढेकाले आचारसिंहता पालनामा कडाइ गरिएको बताउनुभयो । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहोराले आचारसहिंता उलङ्घनका २८० वटा उजुरी काउन्सिलमा दर्ता भएका जानकारी गराउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसहिंता उलङ्घनका घटना बढ्दै गएका बताउँदै आचारसहिंता उलङ्घन गर्नेलाई गल्ती सच्चाएर आफ्नो पेसाप्रति जवाफदेही भएर काम गर्न सुझाव दिनुभयो ।

पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईंले पत्रकारिता पेसा सङ्कटमा परेको बताउँदै यो पेसालाई मर्यादित र समाजमा सकारात्मक परिवर्तन ल्याउने बनाउनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकार आचारसहिंता उलङ्घन गर्नेलाई निरुत्साहित गर्नुपर्ने बताउँदै गल्ती गर्नेलाई छुट दिन नहुने धारणा राख्नुभयो ।

पत्रकार महासङ्घ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डलेले पत्रकार आचारसंहिता पालना गर्नु सबै पत्रकारको पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले पत्रकारले आचारसंहिता पालना गर्दा समाजमा सही सूचना पुग्ने र सकारात्मक परिवर्तन आउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल पोखरेललगायतले पत्रकारिता पेसालाई मर्यादित बनाउनुपर्ने बताउँदै पत्रकार आचासहिंता कार्यान्वयवनमा पे्रस काउन्सिल नेपाल र पत्रकार महासङ्घले जोड दिनुपर्ने सुझाव दिनुभएको थियो ।




भर्खरै