३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतमा एक दिनमा सात हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

भारतमा एक दिनमा सात हजार ५७९ नयाँ कोरोना सङ्क्रमित
अ+ अ-

नयाँदिल्ली । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो संख्या ५४३ दिनयता कै सव भन्दा कम  भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये करिब आधा केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयकाअनुसार केरलामा तीन हजार ६८९ सङ्क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ७५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । 

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १३ हजार ५८४ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०।३३ प्रतिशत मात्रै हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हुँदै गएको हो ।  भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ४६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८।३२ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ । 

यहाँ हालसम्म ६३ करोड ३४ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परिक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोराृान भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो  । सो समयदेखि हालसम्म १ अर्ब १७ करोड  ६३ लाख ७३ हजार ४९९ डोज खोप लगाइएको छ । (रासस/एएनआई)