• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

भारतमा एक दिनमा सात हजार ५७९ नयाँ कोरोना सङ्क्रमित



नयाँदिल्ली । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो संख्या ५४३ दिनयता कै सव भन्दा कम  भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये करिब आधा केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयकाअनुसार केरलामा तीन हजार ६८९ सङ्क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ७५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । 

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १३ हजार ५८४ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०।३३ प्रतिशत मात्रै हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हुँदै गएको हो ।  भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ४६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८।३२ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ । 

यहाँ हालसम्म ६३ करोड ३४ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परिक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोराृान भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो  । सो समयदेखि हालसम्म १ अर्ब १७ करोड  ६३ लाख ७३ हजार ४९९ डोज खोप लगाइएको छ । (रासस/एएनआई)