५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

‘माटोको सहर’ लोमान्थाङमा बृहत् सफाइ

‘माटोको सहर’ लोमान्थाङमा बृहत् सफाइ
अ+ अ-

मुस्ताङ, भदौ ७। ‘माटोको सहर’ भनेर परिचित लोमान्थाङ उपत्यकामा बृहत् सरसफाइ गरिएको छ । 

उपत्यकाभित्र अवस्थित बस्ती वरपर प्रदूषण बढ्दै गएपछि सीमा प्रशासन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), स्थानीय आमा समूह, नेपाली सेनालगायतको पहलमा आइतबार बृहत् सरसफाइ गरिएको हो । सरसफाइ अभियानमा करिब १५० जनाको सहभागिता रहेको थियो ।
सरसफाइका क्रममा स्थानीय बजारबाट सङ्कलन भएको फोहरलाई जलाउनुका साथै ‘ल्यान्डफिल्ड साइड’ मा लगेर जलाइएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । फरक भू–बनोट, माटोले निर्मित घर तथा आवास गृहका कारण लोमान्थाङलाई माटो सहरका रुपमा चिनिन्छ । लोमान्थाङमा रहेको पूर्व राजपरिवारको दरबार र उपत्यकाको सबै घर, आँगन र सार्वजनिक स्थानमा पनि सरसफाइ गरिएको छ ।
स्थानीयलाई नियमित सरसफाइ गर्न प्रेरित गर्ने उद्देश्यले सफाइ गरिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले बताए । लोमान्थाङ एकै गाउँमा रहेको गाविस पनि हो । “यहाँ बसोबास पनि धेरै छ र जनघनत्व पनि त्यहीअनुसारको छ”, ढकालले भने, “त्यसैले, फोहर बढ्ने हुँदा त्यसलाई नियमित रुपमा व्यवस्थापन गर्नुपर्छ ।” रासस