काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वबाट छिट्टै बिदा हुन चाहेको तर त्यस्तो अवस्था आइनसकेको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनमा मङ्गलबार उहाँले नेतृत्वबाट अलग हुने मन हुँदा हुँदै पनि अहिले नै विकल्प तयार भइनसकेको बताउनुभयो ।
धेरैले महासचिव र अध्यक्षमा ३२/३३ वर्षसम्म बसेर कति नेतृत्वमा बसेको भनेको उल्लेख गर्दै उहाँले आफूलाई चाँडोभन्दा चाँडो नेतृत्व छोड्न मन लागेको भए पनि अहिलेसम्म त्यसको कुनै छाँटकाट नदेखिएको बताउनुभयो । उहाँले नेतृत्व छाडेर संस्मरण लेख्न मन लागेको बताउनुभयो ।