१५ आश्विन २०८१, मंगलवार
,
Latest
दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँडै नेतृत्व छाड्न मन छ तर विकल्प तयार भइसकेको छैन– प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वबाट  छिट्टै बिदा हुन चाहेको तर त्यस्तो अवस्था आइनसकेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनमा मङ्गलबार उहाँले नेतृत्वबाट अलग हुने मन हुँदा हुँदै पनि अहिले नै विकल्प तयार भइनसकेको बताउनुभयो । 

धेरैले महासचिव र अध्यक्षमा ३२/३३ वर्षसम्म बसेर कति नेतृत्वमा बसेको भनेको उल्लेख गर्दै उहाँले आफूलाई चाँडोभन्दा चाँडो नेतृत्व छोड्न मन लागेको भए पनि अहिलेसम्म त्यसको कुनै छाँटकाट नदेखिएको बताउनुभयो । उहाँले नेतृत्व छाडेर संस्मरण लेख्न मन लागेको बताउनुभयो ।