९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा महाकवि देवकोटासम्बन्धी प्रदर्शनी हुदै



अ+ अ-

काठमाडौँ, भदौ १८ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा यही सोमबारदेखि दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ ।

प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० फ्लेक्स, देवकोटाका तीन दर्जन पुस्तक, देवकोटाका कृतिको समालोचना र पत्रपत्रिकाका विशेषाङ्क, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा उनको जीवनीमा आधारित बृत्तचित्र पनि प्रदर्शन गरिने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानका सचिव साहित्यकार हरिगोविन्द लुइँटेलले जानकारी दिए ।

प्रदर्शनीका लागि त्यहाँस्थित बेइजिङ लुसुन सङ्ग्रहालयको निमन्त्रणामा देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको एक टोली शनिबार बेइजिङतर्फ प्रस्थान गर्नेछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाईंले नेतृत्व गर्ने उक्त प्रतिनिधिमण्डलमा रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सहभागी हुनेछन् ।

प्रदर्शनीमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पूरा भएको उपलक्ष्यमा दुई देशको आपसी सम्बन्धका बारे पनि छलफल गरिने बताइएको छ ।

प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनियाँ लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ । सो कार्यक्रममा चिनियाँ विद्वान्हरूका साथै नेपालको तर्फबाट समालोचक चापागाईं र सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस