• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा



फाइल फोटो

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।

बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् ।

अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पुर्‍याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् ।

साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् । उनीहरुले विगत पाँच/६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई/तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेका थिए ।

आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि शुक्रबार बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।