• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा



फाइल फोटो

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।

बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् ।

अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पुर्‍याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् ।

साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् । उनीहरुले विगत पाँच/६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई/तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेका थिए ।

आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि शुक्रबार बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।