१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
अ अ+ अ-

तनहुँ । तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।

गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ । सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो सङ्ख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो– “अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दैआएको प्रमुख सुवेदी बताउनुहुन्छ ।

बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँड्डुल गर्न मिल्छ । गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरु रहेका छन् । गुफाभित्र प्राकृतिक रुपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ ।

गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ । पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्धगुफा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी–भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टिन्छ । जिदीखोलाको किनार हँुदै पश्चिम दिशातर्फ गएपछि भिमाद–९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वनजङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् । रासस