• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा



फाइल फोटो

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।

बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् ।

अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पुर्‍याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् ।

साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् । उनीहरुले विगत पाँच/६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई/तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेका थिए ।

आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि शुक्रबार बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।