• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान

दुईजनामा एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापबासीमा त्रास



रामेछाप, भदौ १९ । एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ ।

ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको संक्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका ८ बिरामीको रगत टेकु अस्पताल पठाइएकामा दुई जनामा पोजेटिभ देखा परेको छ ।

अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताललगायत अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।

यसअघि स्वाइनफ्लु भएको आशंका गरिएको थियो तर एन्फ्लुएन्जा भएकाले सर्वसाधारणलाई नआत्तिन चिकित्सकले अनुरोध गरेका छन् । चिकित्सकले अहिलेको ज्वरोबाट आत्तिनु नपर्ने तर सतर्क रहनुपर्ने बताएका छन् ।

जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य संगठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ ।

चिकित्सकका अनुसार एन्फ्लुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको छ । रोगको पहिचान भएपछि काठमाडौँबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीका बारेमा थप अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. न्यौपानेले बताए । रासस