• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ- तस्बिरहरु ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज ★   इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान

दुईजनामा एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापबासीमा त्रास



रामेछाप, भदौ १९ । एचवानएनवान एन्फ्लुएन्जाको संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ ।

ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको संक्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका ८ बिरामीको रगत टेकु अस्पताल पठाइएकामा दुई जनामा पोजेटिभ देखा परेको छ ।

अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताललगायत अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।

यसअघि स्वाइनफ्लु भएको आशंका गरिएको थियो तर एन्फ्लुएन्जा भएकाले सर्वसाधारणलाई नआत्तिन चिकित्सकले अनुरोध गरेका छन् । चिकित्सकले अहिलेको ज्वरोबाट आत्तिनु नपर्ने तर सतर्क रहनुपर्ने बताएका छन् ।

जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य संगठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ ।

चिकित्सकका अनुसार एन्फ्लुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको छ । रोगको पहिचान भएपछि काठमाडौँबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीका बारेमा थप अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. न्यौपानेले बताए । रासस