१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ



अ+ अ-

बाजुरा । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा सुनिल शर्माले वर्तमान सरकारले देशलाई स्थायित्व नदिने भन्दै स्थायित्वका लागि काँग्रेस र एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “यो सरकारले न सुशासन दिन्छ नत स्थायित्व नै । यो सरकार केबल टाइम पास गर्ने मात्र हो । स्थायित्वका लागि काँग्रेस एमाले सरकार नै चाहिन्छ । यो सरकारबाट मुलुकका लागि केही हुनेवाला छैन । ”

उनले अहिलेको संसदले पनि काम गर्न नसकेको बताएका छन् । उनले भने ‘जनप्रतिनिधी निर्वाचित भएको १७ महिनामा कानुन समेत बनाउन सकेको छैन । यो संसद एकअर्कालाई गाली गलौज गर्ने र जनताका नाममा धोका दिने मात्र काम भएको छ । संसदले त कानुन बनाउने हो नि ।’ उनको प्रश्न थियो ‘तर खोइ त कानुन ?’

सांसद शर्माले केही नेताहरुले राजनीति प्रणाली नै कब्जा गरी सत्ता कब्जाको योजना बनाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको अर्थतन्त्र कमजोर हुनुमा मुख्य दोषी नै मुख्य दलहरु रहेको दाबी गरे ।

सांसद डा शर्माले राज्यले करको दायरा बढाएर कानुनको करमा प्वालैप्वाल पारेकाले व्यापारीहरुले कर तिर्न सकस भएको पनि बताए । “जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको ग्यारेन्टी गर्नुपर्छ ” उनको भनाई थियो ।

बाजुराको पुर्वी उत्तरी भेगको पिलुचौरमा शनिबार हुने निःशुल्क स्वास्थ्य शिविरका लागि बाजुरा आइपुगेका डाक्टर शर्माले पत्रकार सम्मेलनमा जनताका ६ हजार छोराछोरीले एमविविएस शिक्षा पढ्न नपाएको जिकिर पनि गरे ।

डाक्टर गोविन्द केसीलाई काँग्रेस भित्रकै केही नेताहरुले बोकेर देशको स्वास्थ्य प्रणाली र अवस्था पनि ध्वस्त बनाएको उनको भनाई थियो । यसका कारण स्वास्थ्य क्षेत्रमा नेपालका युवाहरुले उच्च शिक्षा हासिल गर्नका अवरोध पुगेको बताउनु भएको छ ।

उनले भने “ठुला पार्टीमा चुनाव लडे हार्ने डरले समानुपातिक टिका लगाएर आएकालाई शक्तिशाली मन्त्रालय दिएर राज्यको दोहन गर्ने गरेकाले देश थप समस्यामा परेको हो । निर्वाचितलाई बेवास्ता गर्दै समानुपातिकमा टिका लगाएर आएकालाई मन्त्री बनाएपछि देशको विकास हुन सक्दैन ।”