४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा
अ+ अ-

काठमाडौँ । २ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् । उहाँहरुमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना विरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज हुनुभएको छ । १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ । ३ जना अहिले पनि उपचाररत हुनुहुन्छ ।

उहाँहरुमध्ये ८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको छ । ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी) २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसुति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिनुभएको हो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सर्जरी गर्ने विरामीमध्ये एकजनाको पित्तथैलीमा स्टोन भएको अपरेसन र १ जनाको हर्नियाको अपरेसन भएको हो ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरुले व्यहारेका छन् ।

विरामीहरुमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौँ मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ् अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र छत्रपाटी सामुदायिक अस्पतालबाट १/१ जना विरामीले सेवा लिएका छन् । मिर्गौला डाइलासिस गर्ने विरामीहरुले नेशनल मिर्गौला केन्द्रमा उपचार गराइरहेका छन् ।

सेवा लिने विरामीहरुमध्ये ५ जना काठमाडौँ महानगरपालिकाका हुनुहुन्छ । घोराही उपमहानगरपालिका, दाङ्, रासकोट गाउँपालिकाका, कालीकोट, टोखा नगरपालिका, काठमाडौँ, ज्वालामुखी गाउँपालिका, धादिङ्, मन्थली नगरपालिका, रामेछाप, शैलुङ्ग गाउँपालिका, दोलखा, खजुरा गाउँपालिका, बाँके, पत्थरी शनिश्चरे गाउँपालिका, मोराङ्, सीतासाक्सी गाउँपालिका, झापा, भीमसेन गाउँपालिका, गोरखा, नरहरिनाथ गाउँपालिका, कालीकोट, आमचोक गाउँपालिका, भोजपुर, बाट १/१ जना हुनुहुन्छ ।

लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गर्‍यो । यसका आधारमा http://freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली विकास गर्‍यो । अहिले यो प्रणाली कार्यान्वयनमा छ । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरपालिकाको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ ।

निःशुृल्क उपचारका लागि प्रणालीमा विरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौँ मोडेल अस्पताल हो । अस्पतालले फागुन ९ गते टोखाबाट आएकी एक विरामीको पित्त थैलीको अपरेसन गरेको थियो ।

निःशुल्क उपचार गराउने प्रणालीमा महानगरपालिकाभित्र ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।

प्रणाली कार्यान्वयनमा आएसँगै, राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक कार्यान्वयनमा आएको छ । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।

उपचार सेवा पाउने विधि 

लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्नुहुन्छ । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सकिन्छ । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।

सेवा लिनेले साइटमा कसरी सेवा लिने

वेभ बारमा गएर एड्रेस http://freehealth.kathmandu.gov.np/ टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिन्छ ।

साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन ।

निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य हुनुहुन्छ ।

निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि 

१)    गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।
२)     यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
३)     वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने

४)    यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
५)    बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।