१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति

‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति
अ अ+ अ-

काठमाडौँ । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् ।

हिट वेभलाई ख्यालख्याल नठानौ

यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरु बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिनुभयो । आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो ।

उहाँले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताउनु भयो । धेरै देशहरुले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा.उपे्रतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिहरुमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्शन प्लान बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा गर्मीको प्रभाव न्युनिकरणका लागि नेपालले दिशानिर्देशका उपायहरु नबनाएको गुनासो गर्नुभयो । उहाँले तापक्रम वृद्धि भएको आधारमा लू भयो भन्ने मात्रै नभइ प्रभावमा आधारित पूर्वसूचनाको रुपमा रणनीति बनाइ अघि बढ्न जरुरी रहेको बताउनु भयो । पूर्व चेतावनीलाई बेवास्ता गर्नु नहुने भन्दै विज्ञ उप्रेतीले संवेदनशील भएर सरकारले काम थालिहाल्न आवश्यक रहेको बताउनु भयो । तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने चेतावनी दिनुभयो । उहाँले स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागले हिजो लूको अवस्था घोषणा गरेको छ । त्यो एक खालको यस्तो अवस्था आयो है भनेर साइन्स बोलेको अवस्था हो । तर के गर्न बाँकी छ भने अब हिट एक्शन प्लान । राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर, गाउँ, हाम्रो टोल, रोजगारीको क्षेत्रमा केके गर्ने भन्ने स्ट्याण्डर अप्रेटिङ प्रोसेस हुन्छ, त्यो बनेको छैन । हिटले ल्याउने सिधा असर मानव स्वास्थ्यमा, पशु, वनस्पति र वन सम्पदामा असर पर्छ । मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्शन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ ।

हाम्रोमा भने त्यो गाइडलाइन देखिएन, बनाइएको छैन । गाइडलाइन बनाउन जरुरी छ । आज हामी ४३ डिग्रि तापक्रममा छौँ । ४५ वा सो भन्दा बढी तापक्रम दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्ट तिर जान्छ । ४७ डिग्रि भन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था हुन्छ । भारतका धेरै जसो भूभागमा गत साल ४७ डिग्रि नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्रि भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रुपमा पनि लैजानुपर्छ ।’

औसत भन्दा बढी गर्मी/बढी वर्षा हुने

यस वर्ष नेपालमा औषत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताउनु भयो । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको बताउनु भयो । उहाँले यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रुपमा बुझ्न नहुने बताउनु भयो । उहाँले लामो समय देखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको बताउनु भयो ।

उहाँले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्रि रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्रि पुगेको बताउनु भयो । विश्वतापमानमा वृद्धि हुनु, समुन्द्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरु आकर्षित भएको बताउनु भयो । लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको जलवायु परिवर्तनको असर भएको बताउनु भयो । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औषत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको बताउनु भयो ।

नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने

विज्ञ उप्रेतीकाअनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा लू रहनेछ । पश्चिमी वायु सक्रिय भइ पानी परेको अवस्थामा भने लू बाहिरिने बताउनु भयो । उहाँले आगामी शुक्रवारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई बिस्थापित गरी चिसो हुने अवस्था रहेको बताउनु भयो । अहिले वायुमण्डलीय चाप उच्च रहेको बताउनु भयो । वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने बताउनु भयो । तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहने बताउनु भयो ।

के हुन् लू का लक्षण ?

गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदी अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लू लागेको लक्षणहरु हुन् । लू ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तिब्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । केही मानिसहरुमा लू का कारण छिटो छिटो पिसाव आउने, शरीर चिलाउने आदि लक्षणहरु देखा पर्दछन् ।

गर्मीबाट बच्न के गर्ने/के नगर्ने ? विज्ञ उप्रेतीका सुझाव:

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरुले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्युनिकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरुलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तै: दुध, माछा मासु आदि ।

सरकारले के गर्नुपर्छ ?

सरकारले भएका अस्पतालहरुको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ ।

स्थानीय सरकार (७५३ वटै पालिकाहरु) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुलाई शतर्क रहन आग्रह गर्नुपर्छ ।

क्षेत्रिय अस्पतालहरु पनि सक्रिय बनाउनुपर्छ ।

तीन तहकै स्वास्थ्य केन्द्रहरुले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।

पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।

स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

लू बाट बच्ने घरेलु उपाय:

घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लू बाट बच्न सकिन्छ ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।

गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ ।

गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।