७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ
अ+ अ-

पेरिस। इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गरेको उहाँका समर्थकहरूले बताएका छन्।

सन् २०२४ डिसेम्बरमा जेलबाट अस्थायीरूपमा रिहा हुनुभएकी मोहम्मदीलाई दिवंगत वकिल खोसरो अलिकोर्दीको स्मृति समारोहबाट अन्य धेरै अधिकारकर्मीसहित हिरासतमा लिइएको होे । ओलिकोर्दी गत हप्ता आफ्नो कार्यालयमा मृत भेटिनुभएको उहाँको नाममा स्थापित एक फाउन्डेसनले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

पेरिसमा बस्ने मोहम्मदीका पति तागी रहमानीले भन्नुभयो, “उहाँलाई पूर्वी शहर मशहादमा आयोजित समारोहमा साथी चर्चित अधिकारकर्मी सेपिदेह घोलियनसँगै पक्राउ गरिएको थियो।”

पेसाले वकिल रहनुभएका ४५ वर्षीय अलिकोर्डीले सन् २०२२ मा देशव्यापी विरोध प्रदर्शनमा पक्राउ परेका व्यक्तिहरू पनि समावेश भएकासहित अन्य संवेदनशील मुद्दाहरूमा बहस गर्नुभएको थियो ।

उहाँको शव डिसेम्बर ५ मा फेला परेको थियो र अधिकारवादी समूहहरूले उहाँको मृत्युको छानबिनको माग गरेका थिए, जसलाई नर्वेस्थित गैरसरकारी संस्था इरान ह्युमन राइट्सले ‘राज्य संयन्त्रद्वारा हत्या गरेको गम्भीर शङ्कारहेको’ बताएकोे थियो।

अमेरिकास्थित मानव अधिकारवादी समूहहरूको समाचार संस्था (एचआरएएनए) ले इस्लामिक गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा हिजाब लगाउन इन्कार गर्दै आउनुभएका मोहम्मदीको कार्यक्रममा सहभागी भएको फुटेज पोस्ट गरेको छ।

इस्लामिक परम्पराअनुसार अलिकोर्दीको मृत्यु भएको सात दिन पूरा भएको समारोहमा उनीहरूले ‘इरान जिन्दाबाद, हामी लड्छौं, हामी मर्छौं, हामी कुनै अपमान स्वीकार गर्दैनौं’ र ‘तानाशाहलाई मृत्युदण्ड देऊ’ भन्नेजस्ता नारा लगाएको बताइएको छ ।

इरानबाहिर रहेका फारसी भाषाका टेलिभिजन च्यानलहरूले प्रसारण गरेका अन्य फुटेजमा मोहम्मदी माइक बोकेर गाडीमा चढेर मानिसहरूलाई नारा लगाउन प्रोत्साहित गरेको देखिन्छ।

सन् २०२१ को नोभेम्बरमा अन्तिम पटक पक्राउ परेका ५३ वर्षीय मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताउनुभएको छ।

उहाँका जुम्ल्याहा गरेको बच्चाहरूले सन् २०२३ मा ओस्लोमा उपस्थित भई उहाँको नाममा प्राप्त भएको नोबेल पुरस्कार ग्रहण गरेका थिए । मोहम्मदी र आफ्नो सन्तानबीच विगत ११ वर्षदेखि भेट हसनसकेको छैन ।

मोहम्मदीले गत महिना आफ्ना जुम्ल्याहा बच्चाको १९ औं जन्मदिनको अवसरमा एक सन्देशमा आफूलाई इरान छोड्न स्थायी प्रतिबन्ध लगाइएको बताउनुभएको थियो ।

उहाँ जेलबाहिर हिजाब लगाउन अस्वीकार गरिरहेको र भिडियो सम्मेलनमार्फत विदेशी दर्शकहरूलाई सम्बोधन गर्दै र इरानभरिका अधिकारकर्मीसँग भेट गरिरहनुभएको छ।

मोहम्मदीले सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा शासन गर्दै आएको धार्मिक नेतृत्वको पतनको भविष्यवाणी पनि नियमित रूपमा गर्दै आउनुभएको छ। (रासस/एएफपी)