२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार ‘महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न राज्य गम्भीर होस्’ यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित) नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पार्टीले शुक्रवार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा (एमाले)का लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ ।’

पार्टीका केन्द्रिय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास  गरिएको बताउनु भयो । पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान समेत शुरु हुन गइरहेको बताउनु भयो ।

उहाँले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएपनि शुभकामना पठाउन आग्रह गरिएको बताउनु भयो । त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घानटन सत्रमा सहभागि हुने उहाँको भनाइ छ । पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह¥याउने तयारीमा छ । अध्यक्ष पदका लागि उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।