२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनी विद्रोहीको रकेट आक्रमणबाट २० जनाको मृत्यु



अ+ अ-

काठमाडौं, भदौ २५ । इरान पक्षधर यमनी विद्रोहीद्वारा पूर्वी यमनको मारिव नामक एक व्यस्त सहरमा गरिएको रकेट आक्रमणमा परी शुक्रबार कम्तिमा २० जना यमनी नागरिकको मृत्यु भएको त्यहाँस्थित चिकित्सक एवं प्रत्यक्षदर्शीले जनाएका छन् ।

कात्युसा नामक त्यो रकेटको आक्रमणमा परी बीस जना यमनी नागरिकको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका चिकित्सकले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार विद्रोहीले मारीव प्रान्तीय राजधानीलाई निशाना बनाई आक्रमण गरेका थिए ।

विद्रोहीले साउदी अरबले नेतृत्व गरेको फौजले मारिव प्रान्तमा हेलिकप्टर प्रयोग गरी गरेको आक्रमणमा सात जना हुठी सिया विद्रोही तथा उनीहरूका सहयोगीको मृत्यु भएको केही घण्टापछि सरकारी फौजविरुद्ध हवाई आक्रमण गरेका बताइएको छ ।

अरब नेतृत्वको संयुक्त फौजले मारिब प्रान्तमा विद्रोही सेनाले प्रयोग गरेको एउटा गाडीे तथा यसको छिमेकी प्रान्त शवामा विद्रोही सेनाको आश्रयस्थललाई निशाना बनाएको सरकारी सैनिक स्रोतले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार यमनको द्वन्द्वका कारण गएको मार्चदेखि अहिलेसम्म करिब ४,५०० मानिसको मृत्यु भएको छ । (एजेन्सी)




भर्खरै