२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलीमा विमानस्थल हडतालबाट हजारौँ यात्रु प्रभावित



अ+ अ-

सान्टियागो (चिली), २९ भदौ । विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।
विमानस्थल कर्मचारीले आफ्नो सेवा निवृत्तिभरण वापत पाउने सुविधा बढाउनुपर्ने जनाउँदै हडताल गरेका हुन् ।
करिब ९० प्रतिशत वा तीन हजार उड्डयन सम्बद्ध कर्मचारीको समर्थन तथा सहभागिता रहेको उक्त हडतालका कारण कुनै पनि आन्तरिक तथा बाह्य उडान गरिएन ।
हडतालबाट उडान रद्द गरिए पनि विमानस्थलको सुरक्षा अवस्था भने सामान्य भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक म्याक्सीमिलानो लारान्सियाले बताउनुभयो ।
हडतालको असर शतप्रतिशत विमानस्थलमा परेको र यहाँबाट हुने सबै उडान रद्द गरिएका छन्, यद्यपि अन्तर्राष्ट्रिय उडान आगमनमा भने खासै असर नपरेको उहाँले बताउनुभएको छ । विमानस्थलले आपतकालीन हवाई परिवहन भने यथावत चलेका छन् ।
हडतालका कारण दिनभरमा ७० हजार यात्रु विमानस्थलमा अलपत्र अवस्थामा रहनुपर्ने प्राधीकरणले दाबी गरेको छ । रासस÷एएफपी