२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलीमा विमानस्थल हडतालबाट हजारौँ यात्रु प्रभावित



अ+ अ-

सान्टियागो (चिली), २९ भदौ । विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।
विमानस्थल कर्मचारीले आफ्नो सेवा निवृत्तिभरण वापत पाउने सुविधा बढाउनुपर्ने जनाउँदै हडताल गरेका हुन् ।
करिब ९० प्रतिशत वा तीन हजार उड्डयन सम्बद्ध कर्मचारीको समर्थन तथा सहभागिता रहेको उक्त हडतालका कारण कुनै पनि आन्तरिक तथा बाह्य उडान गरिएन ।
हडतालबाट उडान रद्द गरिए पनि विमानस्थलको सुरक्षा अवस्था भने सामान्य भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक म्याक्सीमिलानो लारान्सियाले बताउनुभयो ।
हडतालको असर शतप्रतिशत विमानस्थलमा परेको र यहाँबाट हुने सबै उडान रद्द गरिएका छन्, यद्यपि अन्तर्राष्ट्रिय उडान आगमनमा भने खासै असर नपरेको उहाँले बताउनुभएको छ । विमानस्थलले आपतकालीन हवाई परिवहन भने यथावत चलेका छन् ।
हडतालका कारण दिनभरमा ७० हजार यात्रु विमानस्थलमा अलपत्र अवस्थामा रहनुपर्ने प्राधीकरणले दाबी गरेको छ । रासस÷एएफपी




भर्खरै