६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विद्रोहीद्वारा अलेपोमा ३० सर्वसाधारणको हत्या

विद्रोहीद्वारा अलेपोमा ३० सर्वसाधारणको हत्या
अ+ अ-

दमासकस,  भदौ  ३० । सिरियाली उत्तरी सहर अलेपोमा मङ्गलबार भएको विद्रोहीको आक्रमणमा परी कम्तीमा पनि ३० जना मारिएका छन् ।
पान अरब अल मायादिन टेलिभिजनले दिएको जानकारीअनुसार अलेपोमा मङ्गलबार त्यहाँका विद्रोहीले मोर्टार आक्रमण गरी ती सर्वसधारणको हत्या गरेका छन् ।
उनीहरुले मोर्टारबाट अलेपो नगर नजिकै रहेको एक आवासीय क्षेत्रमा हमला गरेका थिए । उक्त हमलामा परी सो आवासीय क्षेत्रका सर्वसाधारण मारिएका छन् ।
जिहादी समूहहरुले सो आक्रमण गरेका बताइएको छ । अलेपोबाट पनि उत्तरमा पर्ने हाममादियाना र अक्रामिया जिल्लामा उनीहरुले मङ्गलबार साँझ यस्तो हमला गरेका थिए ।
ती विद्रोहीहरुले कयौँ पटकसम्म मोर्टार हमला गरेका थिए । ती हमलाहरु अत्यन्तै शक्तिशाली थिए । जसका कारण घटनास्थथलमै ३० जनाको ज्यान गएको छ ।
उक्त घटनामा परी १८० जनाभन्दा पनि बढी गाउले घाइते भएका छन् । शक्तिशाली आक्रमणबाट गम्भीर रुपमा घाइते भएकोले उक्त आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न पनि सक्ने प्रहरीले जनाएको छ ।
सिरियाको सरकारी टेलिभिजनले पनि उक्त हमलामा परी मारिएका व्यक्तिको सङ्ख्या धेरै रहेको जनाएको छ । उक्त टिभीले ठूलो सङ्ख्याका घाइतेका तस्विरहरु पनि देखाएको छ ।
अलेपोमा रहेका अस्पतालहरु विरामीले भरिएका सो टेलिभिजनले देखाएको छ । टिभी फुटेजहरुमा ती घाइतेको अवस्था निकै गम्भीर रहेको भनी प्रशारण गरिएको छ ।
विद्रोहीहरुले आक्रमण गरेका ती जिल्लाहरु सिरियाली सरकारको नियन्त्रणमा रहेका छन् । सो क्षेत्रमा आफ्नो उपस्थिति देखाउनका लागि विद्रोहीले सो आक्रमण गरेको अनुमान गरिएको छ ।

सिरियामा रासायनिक एवम् घातक हमलाको छानबीनका लागि नयाँ टोली
यसैबीच प्राप्त अर्को एक समाचार अनुसार संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाबाट तथा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक आक्रमण गरिएको भन्ने विषयको छानबीनका लागि नयाँ समिति गठन गर्नुभएको छ ।
महासचिव बान कि मुनले रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी सो बारेमा अनुसन्धान गरिनुपर्ने आवाज पहिले देखि नै उठेको थियो ।
महासचिव बानले अर्जेन्टिनाका भर्जिनिया गम्बाको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गर्नुभएको हो । सो टोलीले सिरियामा गएर यस्ता हतियारको प्रयोग भए नभएको बारेमा अनुसन्धान गर्नेछ ।
उक्त संयन्त्रको स्थापना र त्यसको अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले गतहप्ता मात्र महासचिव बानलाई यो अधिकार दिएको थियो ।
गाम्बाले हाल संयुक्त राष्ट्रसंघको निशस्त्रीकरणसम्बन्धी निकायको निर्देशकका रुपमा कार्य गरिरहनुभएको छ । उहाँ युद्धमा गरिने घातक हतियारको प्रयोग विषयका विज्ञ हुनुहुन्छ ।
सिरियामा सुरुका केही वर्षहरुमा सरकारी सेनाले नै विद्रोहीलाई आक्रमण गर्दा यस्ता घातक हतियारको प्रयोग गरेको भनी व्यापक मात्रामा गुनासो भएको थियो ।
सो विषयमा दुई वर्षअघि नै विज्ञ टोली गठन गरी अनुसन्धान गर्न खोज्दा सिरियाली सरकारले नदिएको बताइएको छ । पछि सिरियाली सरकारले नै यस्ता हतियारको प्रयोग विद्रोहीले गर्ने गरेको आरोप सरकारले लगाएको थियो ।
विगतदेखि नै यस विषयको अनुसन्धान प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि राष्ट्रसंघले मङ्गलबार यो नयाँ टोली बनाएको हो । उक्त टोलीले छिट्टै नै सिरिया गई आफ्नो कार्य प्रारम्भ गर्ने जनाएको छ । रासस/सिन्ह्वा