३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या
अ+ अ-

मुस्ताङ, २८ भदौ (रासस) ः अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर प्रदिप निरौलाले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक ७६ किलोमिटरको छ ।

सडक अवरुद्ध हुदाँ उत्तरी उपल्लो मुस्ताङका दुई गाउँपालिकाको वासिन्दालाई काठमाडौँ, पोखरा, जोमसोमसंगको यातायात सम्र्पक विच्छेद भएको छ । सडक अवरुद्ध स्थानीय वासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु कम्तीमा आठ ठाउँमा सवारीसाधन परिवर्तन गरेर वा पैदलयात्रा गर्न बाध्य भएका छन् ।

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने कुन्जोमा स्वास्थ्य चौकी तथा आमा समुहको भवन पूर्णरुपमा क्षति पु¥याएको छ । थासाङ गाउपालिका २ सौरुमा बाढीले दश घरमा क्षति पु¥याएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमासमेत समस्या भएको छ । दैनिकजसो सडक अवरुद्ध हँुदा बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेका छन् ।
–––