२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर सङ्कलनमा पछि हट्यो म्याङलुङ नगरपालिका



अ+ अ-

तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो ।

यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको जानकारी उनले दिए । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकामा आलोचना भएको थियो ।