६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मार्क्स र क्राइस्टबाट मुक्ति

मार्क्स र क्राइस्टबाट मुक्ति
अ+ अ-

साैरभ

अहंको  पृष्ठभूमि

गोरो छालामा एउटा डरलाग्दो अहं छ– गैरगोरा छालाभन्दा हामी श्रेष्ठ हौँ भन्ने । औपनिवेशिक शक्ति, वैज्ञानिक एवं भौतिक उन्नतिमा अग्रणी, जोखिम र साहसका अद्धितीय नमुना भएकाले पनि त्यो अहं आएको हो ।वेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, पोर्चुगल, बेल्जियम र जर्मनी औपनिवेशिक शक्तिका अगुवाहरू हुन् । गोराहरूमा हामी मालिक हौँ भन्ने अहंको जन्म यसरी पश्चिम युरोपले गराएको हो । तिनका अधीनमा दुवै अमेरिका, अस्ट्रेलियालगातय एसिया र अफ्रिकाका सबैजसो देश रहे पनि ।

युक्लिड, आर्किमिडिज, थेयोफ्रास्टस, हिपोक्रेट्स, पलिवियस क्रमशः ज्यामिती, भौतिकशास्त्र, वनस्पति विज्ञान, आयुर्विज्ञान र इतिहासका पर्यायवाची मानिन्छन् । र, सबै ग्रिक हुन् । अझ प्लेटो, सोक्रेट्स, एरिस्टोटललाई लहरै लिने हो भने राजनीतिक चिन्तन, फिप्पिडेमिसलाई लिने हो भने खेलकुद र मनोरञ्जन, पार्थेनन (स्थानविशेष)लाई लिने हो भने इन्जिनियरिङ र कलाका निम्ति, अलेक्जेन्डरलाई लिने हो भने युद्धशास्त्रका निम्ति, डेमस्थेनिजलाई लिने हो भने तर्कशास्त्रका निम्ति, होमरलाई लिने हो भने लौकिक साहित्यका निम्ति, ग्रिस उनीहरूको आदर्श हो । र, आदर्शको चरम शिखरमा छ ।

अमेरिगो भेस्पुसाई, कोलम्बस, मेगेलन, क्याप्टेन कुक, भास्को द गामाजस्ता अनेकौँ नाम छन्, जसले साहसी, नाविक अभियानको नेतृत्व गरे, सामुद्रिक, वायु र जलधारका भरमा । यो चिनियाँ, जापानी, कोरियन, इन्डोनेसियन, बर्मिज कुनै नागरिकले तय गरेको भए पनि हुन्थ्यो, तर भएन । वेर्था पापेनहाइमदेखि अनेकौँ गोरो छालाकाहरू आयुर्विज्ञानको उन्नतिका निम्ति गिनिपिग भएका छन् ।

थोरै मानिस, केही मात्र बन्दुकको भरमा गोरा छालाहरूले औपनिवेशिक सत्ता स्थापना गरेका छन् । आज गुफाशास्त्र, बन्जी, हिमाल आरोहण उनीहरूको बायाँ हातका खेल भएका छन् । एसियालीहरूले पनि भिक्टोरिया क्रस प्राप्त गरेका छन् भन्दैमा उनीहरूको साहससँग तुलना नै गर्नचाहिँ सकिँदैन । आखिर त्यो गोराहरूले नै दिने पदक हो ।

नोवेल पुरस्कार हामी गैरगोरा छालाहरूले पनि पाएका छौँ भनेर गर्व गर्ने ठाउँ नै छैन, किनभने गोराहरूले दिने पुरस्कार हो । आफैँले आफ्नो धार्मिक मतलाई क्याथलिक अर्थात् विश्वस्तरको र अरूको मतलाई ‘पागान’ अर्थात् ग्रामीण भन्ने तिनको परम्पराबाट थाहा हुन्छ, मतको मामलामा समेत तिनमा भयानक अहं छ ।

पहिलो चरण

तर, आध्यामिक दर्शनको केन्द्र कैलाश पश्चिममा पर्दैन । यस दर्शनमा उनीहरूका पूर्वजको कुनै देन र उपलब्धि छैन । यद्यपि, अब्राहमिक मतहरूको जन्मस्थान पनि मध्यपश्चिम एसियामै पर्छ । वेद आध्यामिक दर्शनको सर्वाधिक पुरानो प्रमाणित ग्रन्थ हो भन्ने यथार्थले उनीहरूलाई पिरोल्छ । ब्राह्मण, आरण्यक र उपनिषद्जस्ता वेदांगको अस्तित्वले भयानक लघुताभास गराइदिन्छ । भौतिक उन्नतिको प्रेरक आधार त मानिसको मन हो, तर त्यसैको दार्शनिक आकलनचाहिँ अर्कै महादेशले गरेको हो भन्ने सत्यले लघुताभास हुन्छ । कन्फुसियस, लाओत्जु र इब्न रोस्दजस्ता नामले गाह्रो गराइदिन्छ ।

यथार्थ अर्कै छ, दर्शनको अक्षरशः अनुवाद फिलसफी होइन । सोक्रेट्स, प्लेटो, एरिस्टोटलदेखि हब्स, लक, रुसोहरू राजनीतिक चिन्तक मात्र हुन् । र कान्ट, सोपन हावर, नित्से, हेगेल यावतहरू मेटाफिजिस्ट हुन् । साँच्चै भन्ने हो भने पूर्वले दर्शनलाई जसरी चिन्छ, त्यो रूपका दार्शनिक पश्चिमले अहिलेसम्म जन्माएकै छैन ।

त्यसबाहेक अर्को सत्य पनि छ, इसाई धार्मिक अभ्यासमा ज्योतिष र तन्त्रहरू पर्दैनन् । पर्दैनन् भन्दा पनि पर्न सकेनन् भन्नु उचित होला । यसको कारण छ, ती दुई तत्वमाथि अनगिन्ती प्रयास गर्दा पनि उनीहरूको पकड बन्नै सकेन । सामानिजममाथि पादरीहरूले एसियामा अध्ययन गरेका छन् । र, ग्रन्थहरू लेखेका छन् । त्यसबाहेक अफ्रिका, दक्षिण अमेरिका र अस्ट्रेलियासम्मका झाँक्रीवादीहरूबीच पनि उनीहरूको अध्ययन भएको छ ।

तर, झाँक्रीवाद उभिएको विज्ञानको रहस्य आजसम्म पहिल्याउन नसकेकाले त्यो कथित ‘क्रिस्चियन साइन्स’को अंग बन्नै सकेन । चामत्कारिक सामथ्र्य बनाउन नसकिएकाले धर्मान्तरण गराउनका निम्ति आज पनि उनीहरूलाई एन्टिबायोटिक्स, चटक, पैसा, झुट र गनपाउडर यी पाँच कुराको सहयोग लिनुपरेको छ । झाँक्रीवाद नै सूक्ष्म इन्जिनियरिङपछि तन्त्रमा परिणत भएर आएको हो । भविष्यमा यसले ऊर्जामाथिको भौतिकशास्त्रीय व्याख्याका आधारमा टेक्न पुग्यो र वैज्ञानिक चोला लियो भने अनौठो नमाने हुन्छ ।

यही समस्या ज्योतिषशास्त्रलाई लिएर पनि भएको छ । होरस्कोप जतिसुकै आफ्नो भनेर दाबी गरे पनि एसियालीहरूले गर्ने भविष्यवाणीको छेउसम्म पनि पुग्न सकेको छैन, पश्चिम । यसैले उसले ज्योतिषलाई अवैज्ञानिक मानेको छ र यसको अनुहार अवैज्ञानिककै रूपमा स्थापित पनि छ । आफूसँग नभएका, आफ्ना हुन नसकेका कुरालाई मेट्नका लागि पनि उसलाई धर्मान्तरण गराउनु अनिवार्य हुन गएको छ । हीनताबोधबाट मुक्ति पाउनु छ ।

विशेषगरी, इस्लाम र सम्भावित कट्टर मतसँग हुने भावी भिडन्तका लागि भाडाका सैनिक चाहिएको छ । एकातिर इस्लामीहरूमा प्रतिपरिवार दर्जनौँ सन्तान हुने परम्परा छ भने अर्कातिर आफ्नो प्रजनन दर घट्दै शून्यतिर जाँदो छ । यसैले आफ्नो मतका मानिसको फौज भर्ती अभियान द्रुत गतिमा चर्काउनुपरेको छ ।

धर्मान्तरण गराउनुको जीववैज्ञानिक आयाम अझै अर्कै छ । मानवजातिको वैज्ञानिक नाम हमो सेपियन्स हो । यही हमो सेपियन्समा ए क्लास, बी क्लास खडा गराउनुपर्ने मान्यतामा ऊ पुगेको छ ।
किनभने, भौतिक उन्नति र पुँजी निर्माणको चरम सीमाले गर्दा उसलाई अनेकौँ किसिमका श्रमिकको आवश्यकता परेको छ । थ्री डी (डर्टी, डेन्जरस, डिरोेगेटरी) वर्गमा पर्ने मानिएका काम त छँदै छन्, जुन काम गर्दा गोरा छालाहरूलाई लज्जाबोध हुन्छ, अपमानजनक हुन्छ, वा पारिश्रमिक धेरै हुँदैन ।

निश्चय नै श्रमको मोडेल पिरामिड शैलीको हुन्छ । जति श्रमका विविधता हुन्छन्, त्यससँग जोडिएका मानिसको संख्या ठूलो हुन्छ । र, त्यो पिँधले विद्रोह गर्ने सम्भावना हुन्छ । अनुशासनहीन हुने र अवज्ञा गर्ने डर भइरहन्छ तर त्यस वर्गको र आफ्नो देउता एउटै भएपछि ती सबै नकारात्मक दबाब स्वतः कम हुन्छन् । हाम्रो तराईमा पोथी हात्तीहरू सवारीका निम्ति छानिएजस्तै हो यो ।

अर्थात् गैरगोरा छालाहरूलाई आफूअनुकूल हुने गरी कमजोर बनाउन धर्मान्तरण गराउनु जरुरी भएको छ, उसलाई । यो स्थिति भनेको आफू अन्ततः मालिक र अरू दास रहिरहने औपनिवेशिक योजना नै हो । मालिकहरूको धर्म भन्ने संज्ञा पाएपछि त्यो स्वतः मान्य, सम्मानजनक र आफैँमाथि मानसिक अंकुश लगाउने दर्जाकै भइदिन्छ ।

नभन्दै सदियौँअघि पादरी चाल्र्स कोलकुक जोन्सले एउटा किताब लेखेका थिए, दासकालीन अमेरिकामा । शीर्षक थियो, ‘हाउ टु मेक अ नेग्रो क्रिस्चियन’ । यसबारे नेटमा यस्तो पढ्न पाइन्छ– तीन ठूलाठूला खेतीपाती भएका जोन्स एक प्रमुख दास संग्रही थिए । उनले दासहरूलाई बढी आज्ञाकारी र नियन्त्रण गर्न सजिलो बनाउन एउटा प्रणालीको विकास गरेका थिए ।

त्यो थियो, तिनको धर्मान्तरण गरेर इसाई बनाउनु । कालान्तरमा उनको तरिका साह्रै सफल भयो । र, प्रायः सबै दास मालिकहरूका निम्ति एउटा मानक कार्यशैली बन्यो । यसैले ग्लोबल सिटिजन भनिए पनि दोस्रो दर्जाको विश्व नागरिक नहुने हो भने गैरगोरा छाला भएकाहरूले क्राइस्टबाट मुक्ति लिनु अनिवार्य छ ।

दोस्रो चरण

सर्वहाराको अधिनायकत्व भन्ने मार्क्सको वैचारिक धरातल नै अवैज्ञानिक छ, राजनीतिक कोणले । नामै सर्वहारा, जोसँग विवेक, वुद्धि, ज्ञान, शिक्षा, संस्कृति, सम्पदा र सम्पत्ति केही पनि छैन, त्यसले आफू, आफ्नो परिवार, आफ्नो समाज, देश र संसारलाई के दिन सक्छ ? देन भनेको भएकोले गर्ने हो ।

निर्धनले दिने भनेको हरेक कोणले निर्धनता नै हो । त्यसलाई नाइके बनाउँदाको हबिगत गोर्वाचोभको वेलासम्मको रुस, माओको वेलासम्मको चीन, क्युवा, उत्तर कोरिया, होनेकरको पूर्वजर्मनी, यारुजेल्स्कीको पोल्यान्डजस्ता अनेक उदाहरणका विवरण दोहोर्‍याइरहनु पर्दैन ।

मार्क्सवादका तीन प्रमुख बुदाँहरू छन्– पुँजी सबै राजनीतिक, सामाजिक रोगको जड हो । निर्माण भनेको श्रमिकहरूले मात्र गर्छन् र द्वन्द्वबाटै नयाँ स्थितिको सिर्जना हुन्छ, समाज अगाडि बढ्छ । पछिल्लो विचार हेगेलबाट सापटी लिएको हो, सबैलाई थाहै छ ।

मार्क्सले नै पुँजी भन्ने कुरा बुझेका रहेनछन्– अघिल्ला पुस्ताका मार्क्सवादी गोविन्दप्रसाद लोहनीले भनिसकेपछि अरू कुरा लेखिराख्न परेन । र, आजको सफ्टवेयरको निर्माण श्रमिकहरूले गरेर हुँदैन । चन्द्रमा पुग्ने रकेट र उपग्रहको निर्माण श्रमिकहरूले पाता कुटेर गर्ने होइन ।

अर्थात् म्याक्स वेबर चिन्तन ‘एप्रोप्रिअट टेक्नोलोजी’मा अडिएको थियो । मार्क्सको श्रमिक चिन्तन ‘इन्टरमिडियट टेक्नोलोजी’मा सीमित छ । त्यो ‘साइबर टेक्नोलोजी’को कोणले उहिल्यै थाङ्नो थरो भइसक्यो । र द्वन्द्वले समाज बढ्छ भनेपछि कम्युनिजमको अनुवाद साम्यवाद हुँदैन । यसैले बन्दुक बोकेर हामी शान्तिकामी माओवादीले भन्दा स्वयंमाथि व्यंग्य हुन पुगेको हो ।

अर्थात्, कम्युनिजम निरन्तरको अशान्ति र असाम्यवाद हो । बुद्धि र विवेकलाई निषेध गरेर प्रतिपादन गरिएको चिन्तन १९औँ शताब्दीमा अडिएको क्युवाजस्तै छ । वा, स्टालिनको त्यो ब्रह्मज्ञानजस्तो छ, जसलाई पश्चिमले एटम बम बनाउँदै छ भन्ने जानकारी दिइएको थियो । तर, उनले त्यो भनेको अरू बढी तौलको टिएनटी बम जस्तै मात्र हो भन्ने बुझे ।

कम्युनिस्ट शासन भएकैले नाजी जर्मनविरुद्ध रुसीहरूले मस्कोको रक्षा गर्न सकेका हुन् वा चीनको आधुनिक एकीकरण भएको हो भन्ने तर्कहरू तेस्र्याइन्छन् । तर, त्यो कम्युनिस्ट शासनले होइन, एकीकृत निरंकुश सत्ताले गर्दा सम्भव भएको हो । यस्ता एकीकरणहरू अहमद शाह अब्दालीले अफगानिस्तानमा गरेका हुन्, स्माइल साफाविदले इरानमा गरेका हुन् ।

मार्क्सवादीहरू कतिसम्म पूर्वाग्रही हुन्छन् भन्ने कुरा तिनले अल्बानियाका एन्वर होक्जाको नामलाई छिछि र दुरदुर गरेबाटै थाहा हुन्छ । कारण के भने ती रुस र चीन कसैलाई पनि नमान्ने भएर निस्के । तर, मार्क्सको तीजस्तो अग्रणी चेला कोही भएन ।

अनवर भन्ने नामबाटै थाहा हुन्छ, ती इस्लामिक परम्पराका हुन् । तर, अनीश्वरवादी देश खडा गर्न तिनले ईश्वरीय झुकाव कतैबाट नदेखिने तीन हजार शिशु नामको सूची खडा गरेर देशभर वितरण गरे । विश्वको पहिलो शतप्रतिशत साक्षर देश बनाए । र, महिलालाई शतप्रतिशत पूर्ण अधिकार प्रत्याभूत गरे, जो संसारमा कहीँ थिएन । तर, कुन मार्क्सवादीले आज तिनको नाम लिन्छ ?

अर्थात्, मार्क्सवादीले मानिसलाई पूर्वाग्रही, बोधो, ईर्ष्यालु, अभावको कुण्ठाले ग्रस्त, अवसरवादी र मार्क्सजस्तै परजीवी बनाउँछ, चाहे परिवारआश्रित होस् चाहे राज्यआश्रित, निर्जीव र पत्थर हृदय बनाउँछ । विश्वका मानिसहरू मार्क्सवाद नामको रोगबाट मुक्त हुन जरुरी छ ।

र ब्राहमणहरू

ओम शान्ति शान्ति शान्ति भन्दै दशौँ हजार वर्षदेखि पृथ्वी शान्तिमय होस् भन्ने प्रार्थना र पुकारा गर्दै आएका ब्राह्मणका सन्तानहरू जब इएमएस नम्बुदिरिपाद, सोमनाथ चटर्जी, मनमोहन अधिकारी, मदन भण्डारी, मोहन वैद्य आदि आदिका नामबाट असाम्यवाद अर्थात् अशान्तिका पुजारी हुन पुग्छन्, त्यो तिनको आफ्नै जन्ममाथिको धिक्कार साबित हुन पुग्छ ।

ब्राह्मणवाद र नागरिक समाज यी दुई उक्तिका जन्मदाता हेगेल हुन् । आफ्नो शान्ति कामनालाई हेगेलले ब्राह्मणवादका नाममा धिक्कारेका बुझ्दै नबुझी हाम्रै समाजका गैरकम्युनिस्ट ब्राह्मणहरू पनि जब नागरिक समाजका अगुवा हुन पुग्छन्, तिनको दशौँ हजार वर्षदेखिको ज्ञान प्रणालीमाथि नै शंका हुन्छ ।

जर्मन भाषा दर्शनको निम्ति सहयोगी छ– हेगेलले एक ठाउँ भनेका छन् । सहयोगी हुनुको कारण स्पष्ट छ, जर्मन भाषाको जग संस्कृत हो । उनी स्वयं पनि संस्कृतका विद्यार्थी हुन् । जसमा प्रशस्त दार्शनिक अभ्यास हजारौँ वर्षदेखि हुँदै आएको छ । र ग्रन्थहरू लेखिएका छन् । उनी जान्दछन् त्यो तत्कालीन ब्राह्मणहरूको देन हो ।

एउटा मेटाफिजिस्टले आफूले नसक्ने भएकाले दार्शनिक प्रणाली र त्यो जन्माउने तत्वमाथि नै राखेको जलन र ईर्ष्यालुकाे योभन्दा ठूलो प्रमाण अर्को नहोला । त्यसै सोपेन हावरले हेगेललाई स्टुपिड एन्ड क्लम्जी सार्लाटन (मुर्ख र झ्याउलाग्दो ठग) भनेका होइनन् होला ।

संस्कृत ब्राह्मणजति सबैले पढेको हुनुपर्छ भन्ने छैन । आफ्नो इच्छाको कुरा हो । अझ पूरै अस्वीकार गरियो भने पनि एउटा ब्राह्मणले संस्कृत शब्दको अर्थको अनुमान गर्न सक्छ, संस्कृत पढ्दै नपढे पनि । अर्थ हो, दशौँ हजार वर्षदेखिको अभ्यासले चैतन्यसम्म पुग्ने पहिलो झिल्का उसमा विद्यमान छ । त्यसलाई चटक्कै बिर्सेर असाम्यवादी हुन पुग्नु दार्शनिक आत्महत्या हो ।

तर, यो उसको पहिलो दार्शनिक आत्महत्या भने होइन । चीनको अंग हो तिव्बत भन्ने कुरा एउटा स्थापित मान्यता हो । तर, इतिहास हेर्ने हो भने जन्मेर बनेका चैतन्य गुमाएका तीन ब्राह्मणका कारण तिब्बतको सम्भावित राजनीतिक पहिचान गुमेको हो । ती हुन्, मौदगल्यायन, उपगुप्त र पद्म सम्भव । मौदगल्यायनले बौद्ध मतका केही सूत्रलाई स्थापित गरे, उपगुप्तले जीवनी लेखे र पद्म सम्भवले अन्ततः तिब्बतका काला भोटेहरूमा रहेको मिलिट्यान्सीलाई समाप्त पारिदिए ।

जुन मिलिट्यान्सीले त्यहाँ स्रोङचङ गम्पोलगायतका नेतृत्वमा खडा गरेको राजकीय सत्ता स्थापना गरेको थियो । तर, कालान्तरमा राजा वा सम्राटको ठाउँमा सैनिक उत्पादन नगर्ने, सन्तान नजन्माउने र नलड्ने देवराजा (दलाई लामा) को स्थापना गरे । जो चीनको प्रतिद्वन्द्वी हुन सक्ने कुरै थिएन । राजकीय सत्ता नै प्रखर रहिरहेको भए त्यसले या त चीनसँग लडेर आफ्नो अस्तित्व जोगाउँथ्यो होला या हानहरूसँग हारेर चीनमा स्वतः विलयन हुन्थ्यो होला– चीनलाई गाल्ने पश्चिमा कूटनीतिक उपकरणचाहिँ बनिरहँदैनथ्यो ।

निम्बकाचार्य, यमुनाचार्य, बल्लभाचार्य, रामानुज, माधवाचार्य सबै ब्राह्मण हुन्, वैष्ण मतका । सनातन परम्परामा विष्णु पालनकर्ता हुन्, उनी हित गर्छन् र अनुयायीहरूको संरक्षण गर्छन् । यो राम्रो कुरा हो । तर, वैष्णवका माथि उल्लेखित प्राचार्यहरूले विष्णु भक्तिका नाममा मानिसलाई भजने बनाइदिएका छन् । द्वैत र अद्वैतको बारमासे गनथनले ईश्वरप्रतिको अन्त्यहीन भ्रम खडा गरिदिएका छन् ।

भजन र प्रार्थनाले मानिसलाई निरीह, आसे, परजीवी, ल्वाँदे र नोकर बनाउँछ । नभन्दै जब बैष्णव मत मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, क्याम्बोडिया, भियतनाम र लाओसमा समुद्री नाविक र व्यापारिक सञ्जालका कारण विस्तारित भयो, या त इस्लामिक तरबारको चोट ओइरियो या त फ्रेन्च, स्पेनिस र डचहरूको गोलीले भागाभाग गरायो । भजनवाद, प्रार्थना संस्कृति, भक्तिधार जन्मेको बलमा ब्राह्मण भई खाएकाहरूले दार्शनिक आत्महत्या गरेको अर्को उदाहरण हो ।

पश्चिमा कोण – नश्लीयता

आजको रुस र पूर्वी युरोपको विगत कम्युनिजम र अरूको वर्तमान पुँजीवाद भएकाले द्वन्द्व छ भनेर बुझ्नु केटाकेटी कुरा हुनेछ । रुसलगायत पूर्वी युरोपका कैयौँ देशहरू छन्, जहाँ स्लाभ जातिको बाहुल्य छ– तिनैसँगै नर्डिक (उत्तर युरोपीय) हरूको नश्लीय लडाइँ छ, चुरोमा । स्लाभ र अन्यको लिपी पनि मिल्दैन ।

नाजी जर्मनीको उदयमा यहुदीको नरसंहार गरियो भनेर मात्र बुझ्छौँ हामी । त्यही स्तरमा राखेर स्लाभ र जिप्सीहरूको पनि व्यापक नरसंहार गरियो भन्ने कुरातिर ध्यान जाँदैन । आज एंग्लो सेक्सन जाति बेलायतमा छ । यो जर्मन मूलको हो । त्यहाँ धेरैजसो भेटिने भनेको ट्युटन हो । त्यो पनि जर्मन मूलकै हो । अर्को हो, नर्मन ।जो फ्रान्सको नर्मान्डी इलाकाबाट त्यहाँ गयो ।

ट्युटन र नर्मनबीच बेलायतमा नश्लीय शीतयुद्ध कायम छ । हेगेल र माक्र्स दुवै जर्मन हुन् । तिनमा रहेको नश्लीय अहं अहिलेको द्वन्द्वको खास सूत्रधार हो भन्ने बिर्सन मिल्दैन । राजनीतिक रंग त मुकुण्डो मात्रै हो । सोपेन हावर नै पनि भन्छन्– वैदिक र इजिप्सियनलाई छोडेर कोही बौद्धिक, विवेकशील छन् भने उत्तर युरोपका गोराहरू । नश्लीयता रगतमै छ ।

वेरुथ संगीत महोत्सव, जर्मनीमा आयोजना हुने विश्वविख्यात महोत्सव हो । संगीतकार रिचर्ड वाग्नर र उनकी पत्नी कोसिमाको योगदान छ, यसलाई सुरु गर्न र स्थापित गर्नमा । तर, कोसिमा जर्मन मूलकी होइनन् भन्ने याथार्थले तिनलाई त्यस महोत्सवको सञ्चालक हुन र मान्यता पाउन जीवन नै लगाउनुपर्‍यो ।

म्याक्स मुलर बेलायतवासी बने । उनी पोख्त थिए, संस्कृत र पूर्वीय दर्शनबारे । तर, जब ठूलाठूला प्राज्ञिक अवसर पटकपटक आए, ती अवसर उनीभन्दा कमजोर मानिने अर्का विज्ञ मोनियर विलियम्सलाई दिइयो, अंग्रेज भएकाले । नश्लवादी म्याक्स मुलर स्वयं नश्लवादको सिकार भए । नश्लवाद पश्चिमको धर्म हो, परम्परा हो, संस्कृति हो, सभ्यता हो, आदर्श हो र गन्तव्य हो । त्यसैले पनि धर्मान्तरण गोरा छालालाई नै सर्वोपरी बनाउने विश्व अभियान हो भनेको ।

पश्चिमा कोण – धर्म

भीमसेन थापा, जगबहादुर, अमरसिंह थापा, भीमशमशेर राणा, बहादुर शाह, प्रताप मल्ल जोसुकै हुन्, हाम्रा पुर्खाहरू शैव, शाक्त, वैष्णव के थिए ? हामीले कहिल्यै सोध्यौँ, खोज्यौँ, वा लेख्यौँ ? तर, ती लेख्छन् प्रोटेस्टेन्ट दार्शनिक रेने देका एउटा क्याथलिक देशमा मर्न पुगेकाले तिनको शव बेवारिसहरूको चिहानघारीमा विनाचिह्न गाडिन पुग्यो । उनका अवशेषबारे अब जान्न गाह्रो छ ।

चङगेज खाँ टेङरी धर्मावलम्बी थिए वा भारतीय मुगलहरू सुन्नी थिए वा अलेक्जेन्डरको धर्म ग्रिक बहुदेवतावाद थियो– उनीहरू नलेखिी छोड्दैनन् । यो संस्कृति तिनको दिमागमा जन्मजात एउटा पुर्जा नै बनेर आएको हुन्छ ।

बाराक ओबामाको मध्य नाम हुसेनले गर्दा तिनले अमेरिकी राष्ट्रपति पदमा दुईपटक शपथग्रहण गर्नुपर्‍यो । टोनी ब्लेयर क्याथलिक भएको हुँदा तिनले तत्काल धर्म परिवर्तन गरी प्रोेटेस्टेन्ट भएर बेलायतको प्रधानमन्त्री पदमा शपथग्रहण गरे । पद सकिएपछि फेरि क्याथलिक भए भन्ने जस्ता दृष्टान्त त्यहाँ ठेलीका ठेली पाइन्छन् ।

रुसी साहित्यकार बोरिस पास्तरनाक, आस्केनाजी यहुदी हुन् । रुसी मूलका फ्रेन्च कलाकार म्याक्स सागाल, वाइलो रसियन यहुदी मूलका हुन् । पास्तरनाक यहुदीमध्येका सर्वश्रेष्ठ साहित्यकार हुन्– यसो भन्दा साहित्यिक वा सिर्जनशील कलाकारिताको सम्मान भएको छ कि घोर अपमान भएको छ यहाँ ? ती सम्पूर्ण सिर्जनाकारमध्ये होइन, एउटा धार्मिक मतभित्रका सिर्जनाकारमा सीमित गरिएका छन् ।आजको प्रख्यात व्यापारिक परिवार रोथचाइल्डले पहिलो परिचय पाएको छ– आस्केनाजी यहुदीमध्येको सम्भ्रान्त परिवार । अभिनेत्री ग्रेटा गार्बो लुथेरन थिइन् । साल्भादोर दाली र पाब्लो पिकासो अनीश्वरवादी थिए । यस्ता वाक्य हाम्रा लागि भने हास्यास्पद हुन् ।

पश्चिमा कोण – यौन

२०औँ शताब्दीको पूर्वार्द्धकी  प्रख्यात नायिका मेरिलिन दितृख बाइसेक्सुअल थिइन् वा रुसका महान् संगीतकार चाइकोबस्की समलिंगी थिए– ती लेख्छन् ।

तीन नामुद क्याट्लान कलाकारहरू साल्भादोर दाली, जोआन मिरो, पाब्लो पिकासोदेखि अघिल्ला समयका माइकेल एन्जेलो र पछिल्ला समयका डेगासबारे होस्– तीनले तिनको यौनांग दर्शन, यौनांगको गतिविधि सूक्ष्मातिसूक्ष्म तरिकाले नियालेका छन् । यसरी नियाल्नु संस्कृति नै हो । फ्रान्सकी प्रधानमन्त्री एडिथ क्रेसोँले यहाँसम्म भनिन्– समलैंगिकता मलाई अनौठो लाग्छ, यो भिन्न र नगन्य छ । लेटिनहरूमा भन्दा एंग्लो सेक्सनहरूमा यो बढी छ ।

व्यक्तिको नश्ल र धार्मिक मत छुट्याइसकेपछि तिनले ध्यान दिने भनेको यौन स्वभावमा हो । हाम्रो निम्ति यो नितान्त व्यक्तिगत कुरा, जसमा रुचि राख्ने र जसलाई सार्वजनिक गर्ने अधिकार समाजसँग छैन । यस्तो लाग्छ, पश्चिमको दर्शन भनेको भोयरिजम, पिपिङटमरी हो ।

जेनिटालिया दर्शन नै मूल चैतन्य हो । यसर्थ, व्यक्तिबारे ती प्रजातान्त्रिक सोच राख्छन् भन्ने कुरै पूर्णतया गलत हो । माथिका तीन टड्कारा उदाहरण त्यसैका निम्ति दिइएको हो । मार्क्स 0र क्राइस्ट गैरगोराहरूलाई ग्लोबल सिटिजन हुन नदिन पहिला नै तयार गरिराखेका पहरेदार हुन् ।

पछिबाट

जोन ग्याल्टन ब्रिटिस हुन् । तिनले सन् १८८३ मा जन्माएको शब्द युजेनिक्स मानवको एक विशेष जेनेटिक गुणको विकास गर्ने सिद्धान्त र व्यवहार हो । चाल्र्स डार्बिनको थ्योरी अफ नेचुरल सेलेक्सनभन्दा यो एक कदम अगाडि छ । सम्भ्रान्त परिवारको छोरा र सम्भ्रान्त परिवारकी छोरीबीचबाट जन्मेको सन्तान सम्भ्रान्त हुन्छ । र, त्यस्तै गर्नुपर्छ भन्ने मान्यता राख्छ यसले । अब पश्चिमकै आइएनजिओ र एनजिओका खल्तीबाट निस्केर कृषक र मजदुर, सर्वहारा, दलित, कमैया, कम्लरी, हलियाका ठेकेदार बनेका हाम्रा मार्क्सवादीहरूले के जवाफ दिने हो पश्चिमलाई ?

२०औँ शताब्दीका महान् इतिहासकार मानिने आर्नल्ड टोयनबीले नै एसियाली नेताहरूको धार्मिक मतका बारेमा हाँसोलाग्दो सिद्धान्त पेस गरेका छन् । उनी तिनै हुन्, जो राष्ट्रवादलाई टक्कर दिन विश्वकै राजनीतिक एकीकरण र तानाशाहीपूर्ण विश्व सरकार हुनुपर्छ भन्ने मान्यता राख्छन् । त्यहीँ मिसिएको छ हन्टिङ टनको कुरा – पश्चिमी सभ्यता भनेको इसाईवाद र त्यसैको विश्वव्यापीकरण । अर्थात्, एउटा मतविशेषको विश्वकै एक मात्र सम्भ्रान्त, तानाशाहीपूर्ण विश्व सरकार ।

त्यहाँ बहुलवाद, प्रजातन्त्र, मानवीय स्वतन्त्रता, निजी गोप्य जीवन, आफ्नो सम्पदामाथिको अधिकार कहाँ छ ? यो पूर्ण रेजिमेन्टेसनतर्फको लम्काइ हो । पंक्तिकार यो निर्क्याेलमा पुगेको छ – पश्चिमा विचारकहरू स्वयं सैनिकवादले ग्रस्त छन् । मानवीयता तिनको कभर मात्र हो । मार्क्सवाद वेलावेला जानीबुझी त्यसको एउटा मुकुण्डो भइदिने गर्छ ।

(Source: Naya Patrika)