३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

बहुमूल्य रुबी पनि गाउँलेका लागि अभिशाप

बहुमूल्य रुबी पनि गाउँलेका लागि अभिशाप
अ+ अ-

जोकिम न्हामिरे

मोन्टेपुज, मोजाम्बिक, १ असोज (रासस-एएफपी) ः मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बताउनुभयो ।

रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ ।

रुबीको भण्डार रहेको एन्थोरो गाउँ सबैजसो लडाकू समूह (ग्याङ) को पहिलो निशानामा पर्ने गरेको छ । प्रहरीको समेत संलग्नतामा यो समूहले स्थानीयका घरहरु भत्काउनुका साथै मानिसहरुलाई त्यहाँबाट लखेट्न शक्तिको प्रयोग गरेको पाइएको छ ।

करिब १२ हजार घरपरिवार रहेको यो गाउँमा प्रवेश गर्ने सडकमा गाउँलेलाई आतङ्कित पार्ने दर्जनौं सङ्केतहरु राखिएका छन् ः “तिमीहरु एमआरएमको खानी क्षेत्रमा बसोबास गरिरहेका छौ । यहाँ खेतीपाती गर्न, घर बनाउन वा कुनै उत्खनन् गर्न निषेध गरिएको छ ।”

लन्डनस्थित जेमफिल्ड्स कम्पनीबाट प्रबद्र्धित मोन्टेपुज रुबी माइनिङ (एमआरएम) ले सन् २०११ मा ३६ हजार हेक्टर जमिनमा रुबी उत्खनन् गर्ने अधिकार पाएको थियो ।

एकजना काठको काम गर्ने स्थानीयबासीले नौ वर्षअघि बहुमूल्य रातो रुबी रहेको पत्ता लगाएसँगै मोजाम्बिकमा रुबीको खोजी र उत्खनन् तिब्र बनेको हो । यहाँ विश्वको करिब ८० प्रतिशत रुबी उत्पादन हुने गरेको छ ।

सन् २०१४ देखि जुन २०१७ को अवधिमा एमआरएमले मोजाम्बिकले आठ पटक रुबीको खानी सञ्चालन गर्न लिलामी गरिसकेको छ । सरकारी विवरण अनुसार यसबाट मोजाम्बिकले २८ करोड अमेरिकी डलर राजश्व प्राप्त गरेको छ ।

“यो गाउँमा हाम्रो जीवन अति आरामदायी थियो, तर गाउँमा उत्खननका कार्य शुरु भएयता सबै परिवर्तन भइसक्यो,” क्वीन क्रिस्टिनाले बताउनुभयो । “सरकारले हामीलाई पुनर्वास गराउने भन्दैछन्, उनीहरुले हामीलाई खेतीपाती गर्न, नयाँ घरहरु बनाउन पनि दिएका छैनन् । धेरै मानिसले प्रहरीको यातना, भोकमरी, आगजनीका कारण आफ्ना घरगाउँ छाडेका छन् । केही मानिसमात्र जबर्जस्ती यो गाउँमा बसिरहेका छन् ।”

एन्थोरो गाउँका सर्वसाधारणको जीवन कष्टसाध्य भए पनि यहाँ रुबीका कारोबारीको रवाफ हेर्दै लोभलाग्दो छ । केहीले बिहेबारीमा दुलहीलाई २१ हजार डलरसम्मका औंठी पनि दिएका छन् ।

काबो डेल्गाडो प्रान्तको मोन्टेपुज जिल्लामा अवस्थित एन्थोरोमा खानेपानी वा विद्युतको सुविधा छैन । यहाँका घरहरु काठ र सुकेका घाँसपरालले बनाइएका छन् ।

गाउँको वरिपरि एउटा सुरक्षा घेराबारा लगाइएको छ, र गाउँलेको ओहोरदोहोर निगरानी गर्न एउटा मात्र प्रवेशद्वार राखिएको छ ।

बाक्लो जङ्गल काटेर बसाइएको एन्थोरोमा आँप, नरिवल र अम्बाका बोटबिरुवा रोपिएका छन् । गाउँका फोहोर नालामा कुखुरा कराएको आवाज सुन्न सकिन्छ ।

सरकारी सेवाको नाममा यहाँ एउटा प्रहरी पोष्ट मात्र छ । यहाँ नागरिक प्रहरी होइन, विशेष सैनिक प्रहरीहरु तैनाथ छन् । क्रिस्टिनाको विचारमा प्रहरीहरु नै यहाँका स्थानीयबासीलाई पुनर्बास गराउनुको साटो अन्यत्र आफुखूशी पलायन होऊन् भन्ने चाहन्छन् ।

“मेरो आग्रह नै यहाँका गाउँलेलाई पुनर्वास गर्नुपर्छ भन्ने हो । हामी यो नर्कबाट मुक्ति चाहन्छौं । हामीले सदैब यो विषयलाई सरकार समक्ष उठाइआएका छौं, तर सरकारले कहिल्यै जवाफ दिँदैन,” क्रिस्टिना भन्नुहुन्छ ।

एमआरएमको ७५ प्रतिशत हिस्सा जेमफिल्ड्सले लिएको छ र बाँकी हिस्सा सैनिक जनरल राइमुन्डो पाचीनुआपाको अर्धस्वामित्वमा रहेको मोजाम्बिक कम्पनी एम्वीरिटी लिमिटाडाको छ । उनी सत्तारुढ फ्रेलिमो पार्टीका वरिष्ट सदस्य पनि हुन् ।

एन्थोरोबाट १० मिनेटमात्र टाढा रहेको उत्खनन कम्पनीको मुख्य शिविरमा विद्युत, खानेपानी, रेष्टुरेन्ट र स्वास्थ्य चौकी रहेको छ ।

एन्थोरोका बासिन्दा एमआरएमको प्रभाव इलाकाका बसोबास गर्ने हजारौंमध्येकै हुन् । यी मानिसहरु मोजाम्बिकको कानुन अनुसार पुनर्बासको पर्खाइमा रहेका छन् ।

“हामीसँग अब खेतीपाती गर्ने जग्गाजमिन छैन । उत्खनन गर्ने कम्पनीलाई हामीलाई रोक्दछ । हामी स्वतन्त्र किसिमबाट हिँडडुल गर्न पनि पाउँदैनौं किनभने कम्पनीले यताउता हिँड्न रोक लगाइरहेको हुन्छ,” अर्का सामुदायिक नेता जोआ कारिमोले दुःखेसो पोख्नुभयो ।

“हाम्रो घरमा आगो लगाउनेहरु प्रहरी र कम्पनीका सुरक्षा गार्ड नै हुन् ।” उहाँले आरोप लगाउनुभयो ।

प्रहरीले भने गाउँलेको आरोपमा सत्यता नरहेको बताएको छ ।

गाउँलेको पक्षबाट करिब १०० जना मोजाम्बिकका नागरिकले स्थानीयबासीको मानव अधिकार उल्लङ्घन भएको आरोपमा बेलायतमा मुद्दा दायर गरेका छन् । मुद्दा दर्ता गर्नेहरुले स्थानीय प्रहरी र सुरक्षागार्डले गाउँलेमाथि गोली चलाएको, कुटपिट गरेको र कानुन विपरीत थुनामा राखेको आरोप लगाएका छन् । चारवटा परिवारले आफ्ना छोराहरुलाई प्रहरीले गोली हानेर हत्या गरेको उजूरी दिएका छन् ।

जेमफिल्ड्सले अदालती प्रक्रियामा रहेको विषयमा एएफपीलाई कुनै प्रतिक्रिया नदिने जनाएको छ तर कम्पनीले स्थानीयबासीका चासो र सरोकारलाई गम्भीरतापूर्वक लिएको र कुनै पनि किसिमको हिंसा वा दुव्र्यवहार आफ्ना लागि स्वीकार्य नहुने जनाएको छ ।

कम्पनीले एन्थोरोका १०५ परिवारलाई एक करोड डलरको एक परियोजना मार्फत गाउँ नजिकै पुनर्वास गराइने जनाएको छ । नयाँ बस्तीमा खानेपानी, विद्युत, स्कुल, बजार, मस्जिद र चर्च बनाइनेछ ।

जेमफिल्ड्सले गत अप्रिलमा आवास निर्माणका लागि शिलान्यास गरिसकेको र आगामी दुई वर्षभित्रै घरहरु निर्माण भइसक्ने पनि जनाएको छ । स्थानीय सरकारले पनि आवास निर्माणमा भइरहेको ढिलाइप्रति कम्पनीमाथि दबाब सिर्जना गरेको छ ।

“उनीहरुले यही वर्ष घर निर्माण शुरु गरिसक्नु पर्ने थियो, त्यही कारण हामीलाई चिन्तित बनाएको छ,” जिल्ला सरकारी कार्यालयका एक अधिकारी फाबिओ नामिभाले बताउनुभयो ।

फाबिओ भन्नुहुन्छ, “तर कम्पनीले पनि त हाम्रा लागि केही गरिरहेको छ, कर बुझाउँछ र घुम्ती शिविर र रोजगारी तालिम दिन्छ । यसबाट समुदायले फाइदा पनि लिइरहेका छन् । एउटा मात्रै सबाल भनेको पुनर्बासको हो ।”

एकजना गाउँले जेरोनिमो अमाडेको विचारमा रुबीले गाउँबासीलाई अन्यत्र सारेको मात्रै छ । “मैले सायद क्षतिपूर्ति पाउँछु र मैले यो थातथलो छाड्नुपर्ने छ,” उहाँले भन्नुभयो । “मैले यहाँ मानिसहरु मारिएको देखें, धेरै घरहरुमा आगो लगाइयो । यो सबै हाम्रो जमिनमा पत्ता लागेको यो अभागी रुबीकै कारण हो ।”