३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

शेयर बजारमा सुधार, बैंककाे सेयर काराेबार उच्च

शेयर बजारमा सुधार, बैंककाे सेयर काराेबार उच्च
अ+ अ-

काठमाडाैं, असाेज ९ गते – वाणिज्य बैंकहरुकाे सेयर काराेबार बढेसँगै मंगलबारकाे सेयरबजारमा एकाएक सुधार अाएकाे छ । लाभांश घाेषणा गर्ने समय नजिकिएसँगै बजारमा लामाे समयदेखि अाेरालाे लागेकाे सेयरमा प्रगति भएकाे हाे । मंगलबार एक करोड ३२ लाखको म्यानुअल कारोबार सहित एक अर्ब १२ करोड १२ लाख ७७ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।

कारोबार रकम मात्रै होईन मंगलबार एकैदिन ४४ लाख १७ हजार २३० कित्ता सेयरको किनबेच भयो । सेयरसंख्याको आधारमा यो उच्च कित्ताको कारोबार हो । अन्य समयमा ५ लाखदेखि अधिकतम २५ लाख कित्ता हाराहारीमा सेयर कारोबार हुने गरेको थियो ।

स्टक एक्सचेन्जका अनुसार गत जेठ २२ गते सूचक १२८२.७२ अंकमा रहेकोमा २०७४ चैत १२ गते सेयर बजार न्यूनतम बिन्दु ११६८.६२ अंकसम्म ओर्लिएको थियो । छ महिना पश्चात एक अर्ब बढीको कारोबार भएको हो । मंगलबार ३५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ भने १२० कम्पनीको सेयरमूल्य बढेको छ । १८ कम्पनीको सेयरमूल्य स्थिर देखिएकाे छ ।

मंगलबारको बजारमा भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८२ प्रतिशतले नाफा कमाएका छन् । वाणिज्य बैंकहरु प्रभु, जनता, शाइन रेसुङ्गा,  मेगा, सनराइज, नेपाल बंगलादेश बैंक, एनसीसी, सिभिल र सेञ्चुरी कमर्सियलले शीर्ष दश कम्पनीभित्र स्थान बनाएका छन् । दशौं नम्बरमा परेको सिभिल बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले बढेको छ ।

उता गोर्खाज फाइनान्सका सेयरधनीले यसदिन सबैभन्दा धेरै ४.५४ प्रतिशतले गुमाएका छन् । सिनर्जी पावर, सिभिल लघुवित्त र अपि पावर कम्पनीका सेयरधनीले तीन प्रतिशत बढीले गुमाएका छन् ।

सिटिजन्स् म्युचुअल फण्ड १, रैराङ्ग हाइड्रोपावर, दिब्येश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, र मिर्मिरे लघुवित्त कम्पनी मंगलबारको बजारमा शिर्ष गुमाउने दश कम्पनीभित्र परेका छन् ।

मंगलबार भएको कूल कारोबार रकम एक अर्ब १२ करोड १२ लाख ७७ हजारमध्ये वाणिज्य बैंकको हिस्सा ६९.३८ प्रतिशत (७७ करोड ८० लाख) रहेको छ ।

मंगलबार शिर्ष कारोबार गर्ने दश कम्पनी सबै वाणिज्य बैंक रहेका छन् । प्रभु बैंकको सबैभन्दा धेरै आठ करोड ५६ लाखको कारोबार भएको छ भने दशौं कम्पनी एनसीसी बैंकको तीन करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसैगरि क्रमश एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, जनता, नेपाल, एनएमबि, सानिमा, कुमारी र प्राइम कमर्सियल बैंकको कारोबार उच्च भएको छ ।

पछिल्लो कारोबार दिनमा बैंकिङ्गमा भएको कारोबार रकमले लगानीकर्ता यसै समूहमा लगानी बढाउन थालेको स्पष्टै देखिन्छ । बैंकिङ्ग उप समूह सर्वाधिक २.६७ प्रतिशतले बढेकोसँगै समग्र नेप्से परिसूचक २२.३७ अंक अर्थात १.७८ प्रतिशतले बढेर १२८०.०५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये असोज ९ गते मंगलबारसम्म ४२ वटा कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेका छन् । असोज महिनाको पहिलो साता बितिसक्दा पनि कुनैपनि वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेको छैनन्। बैंकले गरेको नाफाको आधारमा आकर्षक प्रतिफल वितरण गर्ने र सेयरमूल्य सस्तो लाभांश घोषणा गरेका कम्पनीमा भन्दा वाणिज्य बैंकमा लगानी बढाउन थालेका हुन् ।

रू. १५ खर्ब २४ अर्ब कूल बजार पूँजीकरण रहेको मंगलबबारको बजारमा वाणिज्य बैंकको बजार पूँजीकरण करिब ५५ प्रतिशत हाराहारीमा रहेको छ । धेरै पूँजीकरण हुने समूहमा बढोत्तरी आउँदा बजार वृद्दिमा टेवा पुगेको हो । नेप्सेले वृद्धिमा बैंकिङ्गमा भएको उच्च कारोबार नै प्रमुख कारण हो ।

बैंक व्याजदर सस्तो हुँदा जानु र बैंकहरुले सेयर कर्जाका अफर ल्याउन थालेपछि र शेयर बजार घट्दा बाहिरिएका ठूला लगानीकर्ता बजार प्रवेशले समेत कारोबार रकममा सुधार देखिएको हो। लगानीका लागि अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकलाई भरोसायोग्य मानिन्छ ।