१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सुधार, बैंककाे सेयर काराेबार उच्च



अ+ अ-

काठमाडाैं, असाेज ९ गते – वाणिज्य बैंकहरुकाे सेयर काराेबार बढेसँगै मंगलबारकाे सेयरबजारमा एकाएक सुधार अाएकाे छ । लाभांश घाेषणा गर्ने समय नजिकिएसँगै बजारमा लामाे समयदेखि अाेरालाे लागेकाे सेयरमा प्रगति भएकाे हाे । मंगलबार एक करोड ३२ लाखको म्यानुअल कारोबार सहित एक अर्ब १२ करोड १२ लाख ७७ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।

कारोबार रकम मात्रै होईन मंगलबार एकैदिन ४४ लाख १७ हजार २३० कित्ता सेयरको किनबेच भयो । सेयरसंख्याको आधारमा यो उच्च कित्ताको कारोबार हो । अन्य समयमा ५ लाखदेखि अधिकतम २५ लाख कित्ता हाराहारीमा सेयर कारोबार हुने गरेको थियो ।

स्टक एक्सचेन्जका अनुसार गत जेठ २२ गते सूचक १२८२.७२ अंकमा रहेकोमा २०७४ चैत १२ गते सेयर बजार न्यूनतम बिन्दु ११६८.६२ अंकसम्म ओर्लिएको थियो । छ महिना पश्चात एक अर्ब बढीको कारोबार भएको हो । मंगलबार ३५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ भने १२० कम्पनीको सेयरमूल्य बढेको छ । १८ कम्पनीको सेयरमूल्य स्थिर देखिएकाे छ ।

मंगलबारको बजारमा भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८२ प्रतिशतले नाफा कमाएका छन् । वाणिज्य बैंकहरु प्रभु, जनता, शाइन रेसुङ्गा,  मेगा, सनराइज, नेपाल बंगलादेश बैंक, एनसीसी, सिभिल र सेञ्चुरी कमर्सियलले शीर्ष दश कम्पनीभित्र स्थान बनाएका छन् । दशौं नम्बरमा परेको सिभिल बैंकको सेयरमूल्य ५.३२ प्रतिशतले बढेको छ ।

उता गोर्खाज फाइनान्सका सेयरधनीले यसदिन सबैभन्दा धेरै ४.५४ प्रतिशतले गुमाएका छन् । सिनर्जी पावर, सिभिल लघुवित्त र अपि पावर कम्पनीका सेयरधनीले तीन प्रतिशत बढीले गुमाएका छन् ।

सिटिजन्स् म्युचुअल फण्ड १, रैराङ्ग हाइड्रोपावर, दिब्येश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, र मिर्मिरे लघुवित्त कम्पनी मंगलबारको बजारमा शिर्ष गुमाउने दश कम्पनीभित्र परेका छन् ।

मंगलबार भएको कूल कारोबार रकम एक अर्ब १२ करोड १२ लाख ७७ हजारमध्ये वाणिज्य बैंकको हिस्सा ६९.३८ प्रतिशत (७७ करोड ८० लाख) रहेको छ ।

मंगलबार शिर्ष कारोबार गर्ने दश कम्पनी सबै वाणिज्य बैंक रहेका छन् । प्रभु बैंकको सबैभन्दा धेरै आठ करोड ५६ लाखको कारोबार भएको छ भने दशौं कम्पनी एनसीसी बैंकको तीन करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यसैगरि क्रमश एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, जनता, नेपाल, एनएमबि, सानिमा, कुमारी र प्राइम कमर्सियल बैंकको कारोबार उच्च भएको छ ।

पछिल्लो कारोबार दिनमा बैंकिङ्गमा भएको कारोबार रकमले लगानीकर्ता यसै समूहमा लगानी बढाउन थालेको स्पष्टै देखिन्छ । बैंकिङ्ग उप समूह सर्वाधिक २.६७ प्रतिशतले बढेकोसँगै समग्र नेप्से परिसूचक २२.३७ अंक अर्थात १.७८ प्रतिशतले बढेर १२८०.०५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये असोज ९ गते मंगलबारसम्म ४२ वटा कम्पनीले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेका छन् । असोज महिनाको पहिलो साता बितिसक्दा पनि कुनैपनि वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेको छैनन्। बैंकले गरेको नाफाको आधारमा आकर्षक प्रतिफल वितरण गर्ने र सेयरमूल्य सस्तो लाभांश घोषणा गरेका कम्पनीमा भन्दा वाणिज्य बैंकमा लगानी बढाउन थालेका हुन् ।

रू. १५ खर्ब २४ अर्ब कूल बजार पूँजीकरण रहेको मंगलबबारको बजारमा वाणिज्य बैंकको बजार पूँजीकरण करिब ५५ प्रतिशत हाराहारीमा रहेको छ । धेरै पूँजीकरण हुने समूहमा बढोत्तरी आउँदा बजार वृद्दिमा टेवा पुगेको हो । नेप्सेले वृद्धिमा बैंकिङ्गमा भएको उच्च कारोबार नै प्रमुख कारण हो ।

बैंक व्याजदर सस्तो हुँदा जानु र बैंकहरुले सेयर कर्जाका अफर ल्याउन थालेपछि र शेयर बजार घट्दा बाहिरिएका ठूला लगानीकर्ता बजार प्रवेशले समेत कारोबार रकममा सुधार देखिएको हो। लगानीका लागि अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकलाई भरोसायोग्य मानिन्छ ।