३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

चिनीमा कोटा निर्धारण गर्दा कृत्रिम मूल्य बृद्धि

चिनीमा कोटा निर्धारण गर्दा कृत्रिम मूल्य बृद्धि
अ+ अ-

सरकारले स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न भन्दै चिनी आयतमा कोटा लगाएको छ । जसका कारण चाडपर्वको समयमा चिनीको मूल्य बढ्न सक्ने आशंका छ । एकातिर व्यापारीले चिनी आयात गरी मौज्दात राख्दा र स्वदेशी उद्योगले एकाधिकार जमाउन खोजेकाले उपभोक्ता महंगोमा चिनी किन्न बाध्य छन् ।

सरकारले चिनीमा वार्षिक एकलाख टन मात्रै आयात गर्न पाउने गरि कोटा निर्धारण गरिदिएको छ । नेपालका चिनी उद्योगहरुले आयातित चिनिसँग प्रतिस्पर्दा गर्न नसकेको भन्दै आयात रोक्न दवाव दिएपछि सरकारले कोटा निर्धारण गरिदिएको हो । जसले गर्दा कृत्रिम मुल्य बृद्धि हुदा उपभोक्तहरु महंगोमा चिनी किन्न बाध्य छन् । नेपालमा चिनीको वार्षिक माग २ लाख ३० हजार टन छ । भारतीय बजारबाट आयातित चिनी नेपालमा बढिमा ६५ रुपैयाँ प्रति केजिमा विक्री हुने गरेको थियो ।

नेपाली चिनीको खुद्रा मुल्य ७० रुपैयाँ प्रति केजि पर्न जान्छ । त्यसैले नेपाली चिनी विक्री हुन छाडेपछि उद्योगीको दवावमा सरकारले आयातमा कोटा निर्धारण गरेको हो । तोकिएको कोटा भन्दा बढी आयात नहुने भएपछि व्यापारीहरुले चिनीको मुल्य बढाएर विक्री गरिरहेका छन् । सरकारले चिनीको कृत्रिम मुल्यबृद्धि भएमा कोटा हटाइदिने दावी गरेको छ तर बजारमा चिनीको मूल्य बढेको थाहा पाउन सकेको छैन् ।

यता बजारमा खुद्रा व्यपारीहरुले सरकारले चाडवाडको बेलामा कोटा निर्धारण गरिदिएपछि ठुला तथा होलसेल व्यापारीहरुले भाउ बढाइसकेको बताएका छन् । व्यापारीहरुले सरकारले कोटा बढाउँदा बढेको चिनीको मुल्यको दोष आफुहरुमाथि परेको दुखेसो समेत पोखेका छन ।

नेपालमै उत्पादीत चिनी विक्री गर्ने बाहनामा सरकारले उद्योगी संग मिलेर कोटा निर्धारण गरिदिदा बजारमा चिनीको कृत्रिम मूल्य बृद्धि भएको हो । उपभोक्ता अधिकारकर्मीहरुले भने सरकार र उद्योगी व्यवसायीको मिलेमतोमा कोटा निर्धारण गरिएको बताउँछन् ।

यस अघि सरकारले स्वदेशी चिनीले आयातीत चिनीसंग प्रतिस्प्रध गर्न नसकेको बताउँदै भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको थियो । स्वदेशी चिनी उद्योगलाई प्रतिस्प्रधि बनाउने वातावरण सिर्जना गर्नुको सट्टा मागलाई धान्नै नसकने गरि कोटा निर्धारण गर्दा कृत्रिम मूल्य बृद्धि भएको छ ।