६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रमुख नेताहरु नै सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिएपछि

प्रमुख नेताहरु नै सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिएपछि
अ+ अ-

विष्णु रिजाल

दशैं–तिहारका बेला बम्पर उपहारका अनेक कार्यक्रम सार्वजनिक हुन्छन् । अहिले चाहिँ पार्टीमा त्यस्तै बम्पर खुलेको छः माधव नेपालको सके जति विरोध गर्नुहोस्, नम्बर बढाउनुसहोस् । त्यसका लागि सामाजिक सञ्जालमा लेखेर, सञ्चारमाध्यममा अन्तर्वार्ता दिएर, बुस्ट गर्ने गरी लेख लेखेर– जुन हिसावले सकिन्छ, त्यही हिसाबले सत्तोसराप गर्दा हुन्छ । यसो गर्दा पार्टीमा पद प्राप्त व्यक्ति छ भने त्यस पदका लागि उसको खास योग्यता झल्किन्छ, पार्टी एकता भइरहेको यस चरणमा कुनै पार्टी वा जनवर्गीय संगठनमा इच्छा लागेको पद पाउन सकिन्छ, सरकारी नियुक्तिका लागि ब्याकुल छ भने उसको उचित मूल्यांकन हुन्छ । जागिर धरापमा पर्छ कि भनेर चिन्ता गर्दै अरुको पतनको दिउँसै सपना देख्ने साथीहरुलाई चेतना भए हुन्छ, तिनको व्यक्तित्व बन्नमा पनि कुनै न कुनै रुपमा माधव नेपालकै योगदान छ होला । हिजो केपी ओली कमजोर हुँदा ती कहाँ थिए ? तिनले बोल्ने भाषा कस्तो थियो ? जनकपुर महाधिवेशन ताका, बुटवल महाधिवेशन ताका र त्यसपछि माधव नेपाल सत्तामा हुँदा तिनको के हालत थियो ? ती माधव नेपालका वरिपरि कसरी परिक्रमा गर्दथे ? हिसाव–किताव अरुले पनि राखेका होलान् ।
जहाँसम्म माधव नेपालले सरकारको विरोध गरे भन्ने चर्चा छ, त्यसमा दम छैन । सरकारले अझै राम्रो काम गरोस्, हामीले नसके कसैले सक्दैन, कम्युनिस्ट पार्टीको विकल्प छैन भनेर संसद्मा बोलेको कुरालाई विषयान्तर गर्दै जीविका चलाउनेहरुलाई धेरै भन्नु केही छैन । तर, बानेश्वर चोकमा उभिएर सर्वसाधारणलाई सोध्दा हुन्छ– सरकारका बारेमा आम मानिसहरुको के धारणा छ ? पक्कै पनि सरकारमा पदमा बस्नेहरुलाई जताततै राम्रो लाग्छ । तर, वास्तविकता यति मात्र होइन नै भन्दा यत्रो हमला ? के त्यसो भए माधव नेपालले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्ति एकदम राम्रो छ भनेर नारा लगाउनुपथ्र्यो ? के पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली अनि बायुसेवा निगममा झापाका मदन खरेल, भारतका लागि राजदूतमा निलकण्ठ उप्रेतीहरुको नियुक्तिका पक्षमा आरती उतार्नुपथ्र्यो ? जनताको अपेक्षा र पार्टीको घोषणापत्र लत्याउँदै ल्याइएको बजेटका पक्षमा नाराबाजी गर्नुपथ्र्यो ?
कुरा सरकारको होइन, यतिबेला पार्टीको हो । पार्टीमा निर्वाचित भएर आएका जिल्ला कमिटीका नेताहरुलाई उपेक्षा गरेर आफू निकटका व्यक्तिहरुलाई नियुक्ति गर्ने कुरा माधव नेपालले स्वीकार गर्नुभएको छैन । उहाँ अध्यक्षसँग सल्लाह गरेरै विदेश गएको बेला त्यही भएर आगलागी भए जस्तो, तत्कालै दमकल चाहिहाल्ने गरी सचिवालयको बैठक बोलाएर माधव नेपाल पक्षलाई पूरै उपेक्षा गरेर प्रदेश कमिटीहरु बनाइएको छ । यसमा उहाँको विरोध छ ।
अहिले कसैले सरकारको विकल्प खोजेको छैन । चार बुँदे सहमति अनुसार केपी ओलीलाई अझै दुई वर्ष सरकार चलाउने सुविधा छ भन्ने कुरा माधव नेपाललाई पनि थाहा छ । आक्रमणलाई तेज पार्न, पार्टीमा एकलौटी गर्न र आफ्नो अयोग्यताहरुलाई ढाकछोप गर्न अरुलाई हेपेर जति नै अन्तर्वार्ता दिए पनि, नांगै मैदानमा उतारे पनि सत्य छोपिँदैन ।
हामी पार्टी एकताको चरणमा छौँ । यतिबेला विवाद बढाएर कसैलाई फाइदा छैन । तर, पार्टीका जिम्मेवार तहमा बसेका नेताहरुलै मर्यादा नाघेर मैदानमा उत्रिएपछि प्रस्ट भए हुन्छ, प्रतिवाद पनि त्यही तहकै हुन्छ । किनभने, हाम्रो पार्टीको विधानमै लेखिएको छ, ‘पार्टीका सबै सदस्य समान छन् ।’
फेरि पनि नेताहरुबीच यतिबेला अझ बढी सुझबुझ र सहमति आवश्यक छ । विधि बन्नै बाँकी छ, नेतृत्वका बीचमा सहकार्य अनिवार्य छ । हिजो विहान मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगापुरबाट फोन गरेर माधव कमरेडसँग ठीकै कुरा गर्नुभएको छ । हुन त यसरी पार्टीभित्रकै नेताहरुबीच कुरा हुँदा पनि सत्ताका ध्रृतराष्ट्रहरुले ‘आफ्ना’ का विरुद्ध ‘पराइसँग सल्लाह गरेकाले’ उनीहरुको ‘पतन हुने’ आरोप लगाउन बाँकी राख्दैनन् । तर पनि, परिस्थिति सम्हालेर एकतालाई जोगाउनैपर्छ, कार्यकर्ताको स्वाभिमानलाई उँचो पार्नैपर्छ ।

(नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालको फेसबुक वालबाट साभार)