६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

किन चुप नेकपा नेत्रीहरू ?

किन चुप नेकपा नेत्रीहरू ?
अ+ अ-

रामेश्वरी पन्त

एकातिर कम्युनिष्ट सरकारका गृहमन्त्री पुँजीवादले वेश्यावृत्ति बढाउँछ भन्छन् अर्कोतिर उनकै पार्टीका एकजना मुख्यमन्त्रीवेश्यालय खोलेर करको दायरा बढाउनेसल्लाह दिन्छन्

काठमाडौँ — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ महिना पुग्यो । अपराधी पत्ता लाग्नसकेको छैन । वर्षौंअघि पोखराको नमिता–सुनिता हत्याकाण्ड जस्तै निर्मला हत्याकाण्ड रहस्यमय बनेको अनुमान सबैतिर भइरहेछ । पटक–पटक अनुसन्धान टोली खटाउँदा पनि निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन सरकार असफल भयो ।

गृहमन्त्रीले सदनलाई दिएको जवाफ सुन्दा दया लागेर आयो । एउटी अबोध किशोरी बलात्कारपछि मारिनु र यसै घटनाको विरोधमा उठेको जनसमूहमाथि गोली चलाएर निर्दोषको ज्यान लिनु तथा घाइते बनाउनुले राज्य गम्भीर नभएको प्रस्ट भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन सरकार असफल भएको भन्दै सडक र सदनमा उठेका आवाजलाई ‘सरकार विरोधीको चाल’ भन्दै विपक्षीको डटेर सामना गर्न आफ्ना नेता/कार्यकर्तालाई ‘अरिंगाल’ बनेर जाइलाग्न प्रधानमन्त्रीको ‘फरमान’ जारी भयो । ‘समृद्धि नचाहनेले सरकारको विरोधमात्रै गर्छन्’ भन्दै देश समृद्धिको यात्रामा लागेको कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले हेक्का राख्नुपर्छ, देश समृद्धिको यात्रामा अघि बढ्दा नागरिकले शान्तिसँग बाँच्न पाउनुपर्छ । सुरक्षाको अनुभूति गरेको हुनुपर्छ । नागरिकका सबै मौलिक हक सुरक्षित हुनुपर्छ । बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिँदै यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुको साटो सत्तारुढ दलका केही प्रभावशाली महिला जनप्रतिनिधि हत्याको विरोधलाई ‘सरकारलाई असफल गराउने चाल’ भनी कुर्लिन्छन् ।

बढिरहेका बलात्कार, हत्या र एसिड आक्रमणका घटनाले सरकार छ कि छैन भन्ने भ्रम बढ्दो छ । यस्ता खाले अपराधले कानुनको खिल्ली उडाएका छन् । गृह प्रशासनको निरीहता र लाचारीपन उदाङ्गो पारेको छ । निर्मलाको केसमा बलात्कार र हत्याका सम्पूर्ण प्रमाण खुलेआम नष्ट गरेको जगजाहेर छ । स्वयं गृहमन्त्रीबाटै ‘प्रहरीले प्रमाण नष्ट गरेको’ अभिव्यक्ति आउनु, तर प्रमाण नष्ट गर्ने प्रहरीमाथि कुनै कारबाही नहुनुले घटनालाई रहस्यमय बनाएको छ । प्रहरीहरूले खुलेआम प्रमाण नष्ट गरेको भिडियो सार्वजनिक हुनु, प्रहरीले नक्कली अपराधी खडा गरेको प्रमाणित हुनु, प्रहरीबाट शव बुझेको मुचुल्कामा नक्कली ल्याप्चे लगाइनु अपराधीको नजिक पुग्न यथेष्ट प्रमाण हुन् । अनुसन्धान टोली यत्रतत्र भौंतारिइरहनुको अर्थ छैन । प्रमाण नष्ट गर्न गरिएका यति धेरै षड्यन्त्र प्रहरीको असावधानीले मात्र भएका हुन् भनी विश्वास गर्न सकिन्छ ? यसो भनेर गृहमन्त्रीले छुट पाउँछन् ?

‘बलात्कारका घटना पुँजीवादले गराएको’ रे † यसै भन्छन्, गृहमन्त्री । निर्मलाको हत्यारा किन पत्ता लाग्न सकेन ? भनी जानकारी माग्दा सदनमा गृहमन्त्रीले भनिदिए, ‘अमेरिकामा पनि बलात्कार हुने गर्छ ।’ गृहमन्त्री सदनमा बोल्छन्, ‘दलाल पुँजीवादी सामन्ती संस्कारका कारण बलात्कारका घटना बढेका हुन् ।’ एकातिर कम्युनिष्ट सरकारका गृहमन्त्री पुँजीवादले वेश्याबृत्ति बढाउँछ भन्छन्, अर्कोतिर उनकै पार्टीका एकजना मुख्यमन्त्री ‘वेश्यालय खोलेर करको दायरा बढाउने’ सल्लाह दिन्छन् । यतिबेला सर्वसाधारणलाई छुट्याउन गाह्रो परिरहेछ– को हो, त्यो ‘दलाल पुँजीवादी संस्कार’को पृष्ठपोषक ?

१ दशक हत्या, आतंक, लुटपाट र त्राहिमामको खेती गरेर अन्तत: गणतन्त्रको ‘फसल’ भित्र्याउन सफल गृहमन्त्री र उनको पार्टी पंक्ति यतिबेला नजानिँंदो तरिकाले उही दलाल, पुँजीवादी, सामन्ती संस्कारलाई अँगालो हाल्दै गणतन्त्रको यात्रा गरिरहेछ । सबैको आशा थियो, सरकार दुई तिहाइको बलियो छ, युद्धबाट खारिएर आएका गृहमन्त्री छन्, शान्ति सुरक्षामा अब कुनै प्रश्नचिन्ह लाग्ने छैन । तर आज उनकै कार्यकालमा छोरीहरू सबैभन्दा बढी असुरक्षित भएका छन् । बलात्कार र हत्याको आँकडा उकालो लागिरहेको छ ।

निर्मला मात्र होइन, उनीजस्ता कैयौं छोरीका बलात्कारी खुलेआम समाजमा विचरण गरिरहेका छन् । सरकार र सुरक्षा निकायको नजरमा पर्दैनन् । यस्ता अपराधीलाई समातेर सार्वजनिक रूपमा कठोर दण्ड नदिएसम्म समाजमा बलात्कारी मानसिकता मौलाइरहन्छ, अपराधीहरूको मनोबल बढिरहन्छ । हालै पोखरामा बलात्कार गरी हत्या गरिएकी बालिका श्रेया सुनारको हत्यारालाई २४ घण्टाभित्रै प्रहरीले फेला पार्नु सराहनीय कार्य हो । यसैमा गृहमन्त्रीले नाक फुलाउन सुहाउँदैन । श्रेया हत्याको घटनाले प्रस्ट पारेको छ कि यस्ता घटनामा लागुपदार्थका दुव्र्यसनी संलग्न छन् । आज असंख्य होनहार युवा लागुऔषधको दुव्र्यसनमा फँसेका छन् । यो परिवार र समाजकै टाउको दुखाइ बनिरहेको छ ।

 

सीमानाकाबाट लागुऔषध भित्रिन्छ, तर सुरक्षा निकाय गम्भीर देखिँंदैन । अपराधका घटना भइसकेपछि अपराधी खोज्न हिंँड्नु मात्र सरकारी सुरक्षा निकायको काम होइन, समाजमा अपराध हुनै नदिने वातावरण सिर्जना गर्नु पहिलो कर्तव्य हो । छोरीहरूको असुरक्षाको चिन्ताले आज सिङ्गै देश पिरोलिइरहेछ । यसले द्वन्द्वकालीन त्रासदीको पुनरावृत्ति गरेको छ । युद्ध सकियो, देश गणतन्त्रको यात्रामा छ । तर नागरिकले बेहोर्ने त्रास अन्त्य हुनसकेको छैन । त्रासले रूप फेरेको छ । हिंसाको रूप फेरिएको छ । हिंसाको तारो बनिरहेछन्, महिला र बालबालिका । राज्यका सम्पूर्ण संयन्त्रलाई बिना कुनै आग्रह, पूर्वाग्रह परिचालन गरेर समाजलाई अपराधमुक्त गराउनतिर सरकारको ध्यान पुगोस् । रोग लागेपछि उपचार गर्नतिर लाग्नुभन्दा रोगका कारक तत्त्व के–के हुन् र तिनलाई कसरी निमिट्यान्न पार्ने भन्नेतिर सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी छ ।