३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल शुल्क तिर्दैनन् वायुसेवा कम्पनी



अ+ अ-

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० वायुसेवा कम्पनीले अन्तराष्ट्रिय र २ सयले आन्तरिक उडान भर्दै आएका छन् । जसमध्ये २८ ले सेवा लिएबापतको शुल्क बुझाउन अटेरी गर्दै आएका छन् ।

आन्तरिक उडान भर्ने कम्पनीको वक्यौता पनि धेरै नै छ । अन्तराष्ट्रिय उडानतर्फ बक्यौता नतिर्नेमा सबैभन्दा बढि नेपाल एयरलाइन्स, एयर एसिया, हिमालय एयरलाइन्स र एयर इन्डिया छन् ।

वायुसेवा कम्पनीले विमानस्थल विकास, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरणको प्रयोग, सुरक्षासहितका लागि विमानस्थललाई शुल्क बुझाउनुपर्छ । तर, विभिन्न वायुसेवा कम्पनीले सेवा शुल्क वापत विमानस्थललाई ६८ करोड ९२ लाख ५८ हजार ३ सय ३९ रुपैयाँ तिरेका छैनन् । विमानस्थलले पार्किङ गरेका जहाजसँग जहाजको तौलका आधारमा प्रत्येक घण्टाको रकम लिने गर्दछ । यस्तै, वायुसेवा निगमले जहाजसँग यात्रु सुरक्षा सेवा भन्दै प्रति यात्रु १ हजार १ सय ३० र विमानस्थल विकास शुल्क वापत एकहजार लिदैं आएको छ ।

कसले कति पैसा तिर्न बाँकी छ ?

– नेपाल एयरलाइन्स : २४ करोड ४७ लाख
– एयर एसिया : १५ करोड १३ लाख
– हिमालय एयरलाइन्स : ९ करोड १६ लाख
– एयर इन्डिया : ४ करोड ८७ लाख
– मलेसियन एयरलाइन्स : ४ करोड
– चाइना इस्टर्न एयरलाइन्स : १० करोड
– सिचुवान एयरलाइन्स : २ करोड
–जेट एयरलाइन्स : १० करोड

विमानस्थल प्रशासनका अनुसार अन्तराष्ट्रिय र आन्तरिक उडान भर्ने ७० कम्पनीसँग रकम असुल्न बाँकी छ । यसअघिको नेतृत्वले वास्ता नगरेका कारण विमानस्थलले उठाउनु पर्ने सेवा शुल्कबापतको रकममा बृद्धि भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अन्तराष्ट्रिय उडान भर्ने वायु सेवा कम्पनीहरुलाई ताकेता गरेपछि कछ्वा गतिमा रकम उठ्न थालेको छ ।
आन्तरिक उडान भर्ने कम्पनीतर्फ सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको बक्यौता रकम सबैभन्दा धेरै छ । अन्य निजी हवाई सेवाप्रदायक कम्पनीहरूको पनि करोडभन्दा बढी रकम बक्यौता रहेको र असुलीका लागि ताकेता भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाई छ । ‘रकम होल्ड गरी राख्ने वायुसेवा कम्पनीको जहाज अवतरण र उडानमा रोक लगाइदिन्छ्ु ।’ उनले भने, ‘विमानस्थलको आम्दानी भनेकै त्यही रकम हो । त्यो नै नदिएपछि कसरी चल्छ ?’