३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

विमानस्थल शुल्क तिर्दैनन् वायुसेवा कम्पनी

विमानस्थल शुल्क तिर्दैनन् वायुसेवा कम्पनी
अ+ अ-

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० वायुसेवा कम्पनीले अन्तराष्ट्रिय र २ सयले आन्तरिक उडान भर्दै आएका छन् । जसमध्ये २८ ले सेवा लिएबापतको शुल्क बुझाउन अटेरी गर्दै आएका छन् ।

आन्तरिक उडान भर्ने कम्पनीको वक्यौता पनि धेरै नै छ । अन्तराष्ट्रिय उडानतर्फ बक्यौता नतिर्नेमा सबैभन्दा बढि नेपाल एयरलाइन्स, एयर एसिया, हिमालय एयरलाइन्स र एयर इन्डिया छन् ।

वायुसेवा कम्पनीले विमानस्थल विकास, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरणको प्रयोग, सुरक्षासहितका लागि विमानस्थललाई शुल्क बुझाउनुपर्छ । तर, विभिन्न वायुसेवा कम्पनीले सेवा शुल्क वापत विमानस्थललाई ६८ करोड ९२ लाख ५८ हजार ३ सय ३९ रुपैयाँ तिरेका छैनन् । विमानस्थलले पार्किङ गरेका जहाजसँग जहाजको तौलका आधारमा प्रत्येक घण्टाको रकम लिने गर्दछ । यस्तै, वायुसेवा निगमले जहाजसँग यात्रु सुरक्षा सेवा भन्दै प्रति यात्रु १ हजार १ सय ३० र विमानस्थल विकास शुल्क वापत एकहजार लिदैं आएको छ ।

कसले कति पैसा तिर्न बाँकी छ ?

– नेपाल एयरलाइन्स : २४ करोड ४७ लाख
– एयर एसिया : १५ करोड १३ लाख
– हिमालय एयरलाइन्स : ९ करोड १६ लाख
– एयर इन्डिया : ४ करोड ८७ लाख
– मलेसियन एयरलाइन्स : ४ करोड
– चाइना इस्टर्न एयरलाइन्स : १० करोड
– सिचुवान एयरलाइन्स : २ करोड
–जेट एयरलाइन्स : १० करोड

विमानस्थल प्रशासनका अनुसार अन्तराष्ट्रिय र आन्तरिक उडान भर्ने ७० कम्पनीसँग रकम असुल्न बाँकी छ । यसअघिको नेतृत्वले वास्ता नगरेका कारण विमानस्थलले उठाउनु पर्ने सेवा शुल्कबापतको रकममा बृद्धि भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अन्तराष्ट्रिय उडान भर्ने वायु सेवा कम्पनीहरुलाई ताकेता गरेपछि कछ्वा गतिमा रकम उठ्न थालेको छ ।
आन्तरिक उडान भर्ने कम्पनीतर्फ सौर्य एयरलाइन्स र सिम्रिक एयरलाइन्सको बक्यौता रकम सबैभन्दा धेरै छ । अन्य निजी हवाई सेवाप्रदायक कम्पनीहरूको पनि करोडभन्दा बढी रकम बक्यौता रहेको र असुलीका लागि ताकेता भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाई छ । ‘रकम होल्ड गरी राख्ने वायुसेवा कम्पनीको जहाज अवतरण र उडानमा रोक लगाइदिन्छ्ु ।’ उनले भने, ‘विमानस्थलको आम्दानी भनेकै त्यही रकम हो । त्यो नै नदिएपछि कसरी चल्छ ?’