२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज भारतसामु निरीह, एक इनिङ र २७२ रनले पराजित



अ+ अ-

काठमाडाैं । भारतमा भएकाे वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारत एक इनिङ  र २७२ रनले विजयी भएको छ ।

भारतले फलो अनमा परेको वेस्टइन्डिजले दुवै पारी तेस्रो दिन नै समाप्त पारेकाे थियो । ६ सय ९४ रन बनाएर पहिलो पारी समाप्त गरेको भारतले दोस्रो पारी खेल्नै परेन ।

पहिलो पारीमा १८१ रन बनाएर अल आउट भएको वेस्टइन्डिज फलो अनमा पर्दै शनिवार दोस्रो पारी शुरु गरेको थियो । तर वेस्टइन्डिजले दोस्रो पारीमा जम्मा ५०.५ ओभर खेल्दै १९६ रनमा अल अाउट भएपछि  भारतलाई ठूलो अन्तरको सफलता हात लागेको हो ।

भारतलाई सफलता दिलाउन मोहम्मद सामीले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे । वेस्टइन्डिजका कायरन पवेलले ८३ रन बनाउनुबाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले डेढ दिनमा विशाल योगफल तयार पारेको थियो । भारतका लागि डेब्यु टेस्ट खेलिरहेका पृथ्बी शाले १३४, कप्तान विराट कोहलीले १३९ तथा रविन्द्र जडेजाले नट आउट १ सय रन बनाएका थिए ।

वेस्ट इन्डिजलाई फलो अनमा पार्नका लागि भारतका  रविचन्द्रन आश्विनले ४ तथा मोहम्मद सामीले २ विकेट लिएका थिए । वेस्ट इन्डिजले पहिलो पारीमा १८१ रनमै समेटिए पछि ४६८ रनले पछि पर्दै फलो अनमा रहेर फेरि ब्याटिङ शुरु गरेको थियो ।