१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, २१ असोज (रासस) – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३ लाख ३७ हजार २६ कित्ता शेयर रु ४० करोड ७३ लाख पाँच हजार ४८१ मूल्यमा खरिद बिक्री भएको हो ।

स्टककाअनुसार कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयरको मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहका शेयरको मूल्य घटेको छ । उत्पादन २.५९ र अन्य ०.९६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३४.७८, विकास बैंक २१.१, जलविद्युत् ३.७५, फाइनान्स ५.८८, निर्जीवन बीमा ५.८३, माइक्रोफाइनान्स १९.४८ र जीवन बीमा ३७.६ बिन्दुले घटेको छ ।

स्टककाअनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, भार्गव विकास बैंक, एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले गुमाएका छन् । यस्तै पुर्णिमा विकास बैंकले लगानीकर्तालाई ११.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने भएको छ ।

यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । वित्तीय संस्थाको आजको बैठकले गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु २४ करोड २० लाखको २६.३२ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै भार्गव विकास बैंकले ५.५६ प्रतिशत बोनस शेयर थप गर्दै नयाँ शेयर मूल्य समायोजन गरेको छ । रु १४८.७४ बराबरको उक्त बैंकको शेयर मूल्यको समायोजन पछि रु १९४.८७ पुग्नेछ ।