३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो
अ+ अ-

काठमाडौँ, २१ असोज (रासस) – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३ लाख ३७ हजार २६ कित्ता शेयर रु ४० करोड ७३ लाख पाँच हजार ४८१ मूल्यमा खरिद बिक्री भएको हो ।

स्टककाअनुसार कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयरको मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहका शेयरको मूल्य घटेको छ । उत्पादन २.५९ र अन्य ०.९६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३४.७८, विकास बैंक २१.१, जलविद्युत् ३.७५, फाइनान्स ५.८८, निर्जीवन बीमा ५.८३, माइक्रोफाइनान्स १९.४८ र जीवन बीमा ३७.६ बिन्दुले घटेको छ ।

स्टककाअनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, भार्गव विकास बैंक, एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले गुमाएका छन् । यस्तै पुर्णिमा विकास बैंकले लगानीकर्तालाई ११.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने भएको छ ।

यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । वित्तीय संस्थाको आजको बैठकले गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु २४ करोड २० लाखको २६.३२ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै भार्गव विकास बैंकले ५.५६ प्रतिशत बोनस शेयर थप गर्दै नयाँ शेयर मूल्य समायोजन गरेको छ । रु १४८.७४ बराबरको उक्त बैंकको शेयर मूल्यको समायोजन पछि रु १९४.८७ पुग्नेछ ।