३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन यु–१४ र्‍याङकिङ टेनिसमा प्रशंसा र सुनिरालाई स्वर्ण



अ+ अ-

काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं-एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट– १ को पनि विजेता हुन् ।

उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा  हराए । सक्षमले पनि सर्किट– १ को डबल्समा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसंग मिलेर खेलेका थिए ।

ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगे । त्यसै स्पर्धाको गल्र्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे । सिंगल्स फाइनल बिहीबार हुने छ ।