४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व अर्थमन्त्री श्रेष्ठकाे निधन



अ+ अ-

काठमाडौँ, १२ कात्तिकः पूर्व अर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गएराति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।

पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भानिज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ ।
–––