१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, १२ कात्तिकः  लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो ।

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोवार रकममासमेत गिरावट आएको छ । कूल १६० कम्पनीको नौ लाख ८७ हजार ३२१ कित्ता शेयर रु २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ ।

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन् ।
–––