३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने
अ+ अ-

काठमाडौँ, १४ कात्तिक : चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ ।

साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ । कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ । यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक रु १४ अर्ब ८३ करोड ९२ लाख छ । आयोजनामा गत असोज मसान्तसम्म ब्याजबाहेक रु पाँच अर्ब ९१ करोड ६४ लाख खर्च भई कूल वित्तीय प्रगतिभार ३९.९० प्रतिशत रहेको छ ।

विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजनाको लागत बढ्न जाने देखिएको आयोजनाले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड र जारी पूँजी रु छ अर्ब रहेको छ ।

निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइनेछ । सो आयोजनाको ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भइसकेको छ । संस्थापक समूहबाट कबोल भएको रु तीन अर्ब छ करोडको शेयर रकम चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरअन्तर्गत नेपाल विद्युत् प्राधिकरण १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत रहेको छ ।

सर्वसाधारण शेयरधनी समूहको ४९ प्रतिशत शेयरअन्तर्गत कर्मचारी सञ्चय कोषका कर्मचारी १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३.५, ऋणदाता संस्थाका कर्मचारी एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशतका शेयर छुट्याइएको छ ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएलएस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल तथा सिबिआएल क्यापिटल लिमिटेड सह–निष्काशन एवम बिक्री प्रबन्धक छन् ।

आयोजना निर्माण कार्यमा ढिलाइ

मध्य भोटेकोशी जलविद्युत् आयोजना जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी एवं बाढीका कारण निर्माणमा ढिलाइ भएको छ । बाँध स्थलमा खन्ने र स्लोभ बनाउने कार्य सम्पन्न गरी मुख्य बाँध निर्माण गर्न नदी डाइभर्सन कार्य गरिएको छ । सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ मात्रै खनिएको छ । विद्युत्गृहका लागि खन्ने काम सकिएको छ ।

कूल चार किमी लामो २२० केभीको ट्रान्समिसन लाइनको सर्वेक्षण सम्पन्न भएको आयोजना प्रमुख सुनिकुमार लामाले जानकारी दिनुभयो । आयोजनाले विसं २०७६ को असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

हालसम्म सो आयोजनाको समग्र निर्माण कार्य प्रगति करीब ४२ प्रतिशत छ । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८०मा खरिद गर्नेछ । यसबाट वार्षिक रु दुई अर्ब ९० करोड आम्दानी हुने कम्पनीले जनाएको छ ।