१० भाद्र २०८३, बुधबार
,
Latest
टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन



अ+ अ-

कञ्चनपुर, १५ कात्तिक (रासस) – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ ।

महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएका छौँ उहाँले भन्नुभयो, “नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन ।” अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उहाँले बताउनुभयो । हत्याको घटनाको गहनरुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उहाँको भनाइ छ ।

यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ । डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो ।