• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

केशव स्थापित मन्त्रीबाट बर्खास्त



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापित पदबाट बर्खास्त गरेका छन्।

स्थापितलाई संविधानको धारा १ सय ६९ बमोजिम पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

‘मन्त्री स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको हो। उहाँको मन्त्रालय अब मुख्यमन्त्रीज्यूले नै सम्हाल्नुहुने छ,’ मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलेले सेतोपाटीसँग भने।

संविधानको धारा १ सय ६९को उपधारा २ (ख)मा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ।

बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए। आफूलाई मुख छोडेर गाली गरेपछि मुख्यमन्त्री पौडेल यसबारे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग कुरा गर्न काठमाडौं आएका थिए।

पौडेलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालको बेडमा भेटेका थिए।

भेटका क्रममा स्थापितसँग आफूले काम गर्न नसक्ने बताएका थिए।

स्थापित पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि प्रधानमन्त्रीले भेट दिएका थिएनन्।

काठमाडौं महानगरका पूर्वमेयर स्थापितलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।